शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु

आइतबार, २३ चैत २०७६, २२ : १३
आइतबार, २३ चैत २०७६

सप्तरी । सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिकास्थित मोहनपुरमा आज दिउँसो ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मोहनपुर  निवासी रोहित खड्काको आठ वर्षीय छोरा निशान खड्का र सोही ठाउँका दिलबहादुर मगरको चार वर्षीय छोरा निकेश मगर रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।  

निशान र निकेश उनीहरु दुवै जना घर नजीकै रहेको गौरी खोलामा माटो कोर्ने क्रममा माथिबाट ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप