बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गैरसरकारी संस्था महासंघद्वारा राहत वितरण

आइतबार, २३ चैत २०७६, २१ : १७
आइतबार, २३ चैत २०७६

काठमाडौं । राष्ट्रिय गैरसरकारी संस्था महासंघले कोरोनाभाइरसका कारण देश लकडाउनमा गएको बेला ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर तथा विपन्न बर्गलाई राहत वितरण गरेको छ । 
महासंघकी अध्यक्ष कुन्ती पोखरेलको नेतृत्वमा काठमाडौँ वडा नं ९ मा बसोबास गर्ने मजदुरहरुलाई राहत वितरण गरिएको हो । 
गैरसरकारी संस्थाहरुलाई डलर खाने तर  काम नगर्ने भन्ने आरोप लागिरहेको समयमा केही गरेर देखाउने समय आएको भन्दै पोखरेलले एकताबद्ध भई राहत वितरणमा क्रियाशिल हुने अनुरोध गरेकी छिन् । 
महासंघले आगामी दिनमा पनि राहत वितरण प्रक्रियालाई निरन्तरता दिने पोखरेलले जानकारी दिइन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप