शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन लगत्तै सुजुकीको चेकअप क्याम्प, वारेन्टी र फ्रि सर्भिस अवधि पनि थपिने

आइतबार, २३ चैत २०७६, २० : ३१
आइतबार, २३ चैत २०७६

काठमाडौं– सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाल सरकारले लागू गरेको लकडाउन सकिएको घोषणा गरेलगत्तै सात दिने चेकअप क्याम्प संचालन गर्ने भएको छ । 

सुजुकीले मान्य वारेन्टी र फ्रि सर्भिसको अवधि पनि दुई महिना बढाउने भएको छ । यो चेकअप क्याम्पको उद्देश्य कारहरुको अवस्था ठिक छ कि छैन जाँच्नु र कुनै समस्या भएमा त्यसको समाधान गर्नु रहेको छ । 

क्याम्पमा कम्पनीले इन्जिन आयललगायत अन्य कन्जुमेबल सामग्रीमा विशेष छुट उपलब्ध गराउनेछ । कोभिड १९ भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई सीजी मोटोकर्प सम्मान गर्ने पनि बताएको छ ।

यो अवधिमा ग्राहकवर्गमा आफ्नो सुजुकी गाडीको अवस्थासम्बन्धी हुनसक्ने चिन्ता प्रति कम्पनीको ध्यानाकर्षण भएको छ र योे योजनाले ग्राहकहरुको चिन्ता हटाउने कम्पनीको विश्वास छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप