बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना रोकथामका लागि प्रदेश २ सरकारलाई विज्ञ टोलीले दियो यस्तो सुझाव

आइतबार, २३ चैत २०७६, २० : ०२
आइतबार, २३ चैत २०७६

जनकपुर । प्रदेश नम्बर २ मा मुख्यमन्त्री लालबाबु राउतले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले कोरोना महामारी नियन्त्रणका लागी चिकित्सकीय सामग्रीदेखि विशेष अस्पताल सञ्चालन गर्ने  सुझावसहितको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ । प्रतिवेदनमा चिकित्सकीय सामग्रीको प्रयोगदेखि सामग्रीहरुको उपलब्धता, कोरोना संक्रमितहरुको उपचारमा संलग्न हुने चिकित्सहरुको सुरक्षा, प्रोत्साहन भत्ता र विशेष अस्पतालको निर्माण सहितका सुझावहरुलाई समेटिएको छ ।

उक्त प्रतिवेदनमा उपचारमा आवश्यक पर्ने थप सामग्रीहरु, समान्य बिरामीको जाँचमा अप्नाइनुपर्ने उपायहरु समेतका विषयलाई समेटिएको प्रदेश सरकारको दावी छ । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले त्यसमा उल्लेख रहेका सुझावहरु सतप्रतिशत कार्यान्वय गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिवेदनमा पीपिई, मास्क र पञ्जा लगाउने विषयमा समेत स्पष्ट व्यवस्था गरिएको जनाइएको छ । प्रतिवेदनमार्फत सर्वसाधारणलाई कपडाको मास्क, सामान्य बिरामीको जाँचमा सहभागी हुनेलाई पञ्जा र सर्जिकल मास्क तथा कोरोनाको विशेष उपचारमा संलग्न हुने चिकित्सकलाई मात्रै एन १५ मास्क तथा पीपिई प्रयोग गर्न विज्ञ टोलीले सुझाव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप