बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ मा कोरोना परीक्षण सुरु, पहिलो रिपोर्ट नेगेटिभ

आइतबार, २३ चैत २०७६, १८ : ५६
आइतबार, २३ चैत २०७६

प्रदेश ५ मा कोरोना भाइरस परीक्षणको लागि स्थापना गरिएको प्रयोगशाला आइतबार साँझदेखि सञ्चालनमा आएको छ । 

रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको गहुँबाली केन्द्रको पछाडि स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आज पाल्पाका संकास्पद एक बिरामी नुमना परीक्षण गरेर सुभारम्भ गरिएको हो । सो नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । 

विज्ञ सहितको अन्य प्राविधिक टोलीले प्रयोगशालामा उपकरण जडानगरी सकेपछि सञ्चालनमा आएको प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले जानकारी दिए । 
प्रयोगशालामा विष्णु रायमाझीको नेतृत्वमा तीन जनाको प्राविधिक टोली खटिएको छ । 

यहाँ एक पटकमा १६ बटासम्म नमुना परीक्षण गर्न सकिने जनाइएको छ । आवश्यक परेको खण्डमा यसको क्षमता बढाउँदै लैजाने प्रदेश ५ सरकारले जनाएको छ । 

यसअघि बुटबलबाट कोरोनाका सम्भावित तथा शंकास्पद बिरामीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइने गरिएको थियो । 

जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाइ हुने गरेको थियो। आजै मुख्यमन्त्री शंकर पोखरेलले सो प्रयोगशालाको निरीक्षण गरेका थिए । प्रयोगशालाबाट सामान्यतयाः १ घण्टामा कोरोनाको एउटा रिपोर्ट प्राप्त सकिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप