देउवाद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग कोरोनाको रोकथामबारे टेलिफोन संवाद
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणबाट उत्पन्न संकटको विषयमा पूर्वप्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका छन् ।
आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन संवाद गरेका हुन् ।
आफ्नो ट्वीटर ह्यान्डलमार्फत पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन संवाद गरेको जानरिका दिँदै उनले लेखिएका छन्, 'आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु ।'
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना रोकथामा विषयमा केही दिनमै सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न तयारी छ । आजको टेलिफोन संवादमा देउवाले यस विषयमा पनि पूर्व प्रधानमन्त्रीहरुलाई जानकारी गराएका थिए ।
देउवाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताद्वय खनाल र नेपालसँगको कुराकानीमा सभापति देउवाले कोरोना रोकथामा सरकार गम्भीर भएर लाग्ुनपर्नेमा जोड दिएका थिए ।
यस्तै उनले सरकारको कदमा आफूले साथ दिने प्रतिबद्धा पनि जनाएका थिए ।
प्रचण्ड, खनाल र नेपालले कोरोना रोकथाममा सरकारको काम कारबाहीका विषयका पार्टीको सचियालय बैठक छलफल गर्ने तयारीमा रहेको बताएका थिए । अहिलेको तरिकाबाट कोरोनासँगको लडाइ जित्न नसकिँन भन्दै सचिवालयको बैठकपछि सरकार थप रणनीतिक ढंगले जाने उनीहरुको भनाइ थियो ।
यस्तै प्रतिपक्षी दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईसँग संकटका बेला सबै एकताबद्ध हुनेको विकल्प नभएको बताएका थिए । यता चन्द र रेग्मीसँग कोरोना रोकथामाका लागि सुझाव मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण