देउवाद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग कोरोनाको रोकथामबारे टेलिफोन संवाद

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणबाट उत्पन्न संकटको विषयमा पूर्वप्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेका छन् ।
आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग टेलिफोन संवाद गरेका हुन् ।
आफ्नो ट्वीटर ह्यान्डलमार्फत पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोन संवाद गरेको जानरिका दिँदै उनले लेखिएका छन्, 'आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु ।'
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार कोरोना रोकथामा विषयमा केही दिनमै सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्न तयारी छ । आजको टेलिफोन संवादमा देउवाले यस विषयमा पनि पूर्व प्रधानमन्त्रीहरुलाई जानकारी गराएका थिए ।
देउवाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताद्वय खनाल र नेपालसँगको कुराकानीमा सभापति देउवाले कोरोना रोकथामा सरकार गम्भीर भएर लाग्ुनपर्नेमा जोड दिएका थिए ।
यस्तै उनले सरकारको कदमा आफूले साथ दिने प्रतिबद्धा पनि जनाएका थिए ।
प्रचण्ड, खनाल र नेपालले कोरोना रोकथाममा सरकारको काम कारबाहीका विषयका पार्टीको सचियालय बैठक छलफल गर्ने तयारीमा रहेको बताएका थिए । अहिलेको तरिकाबाट कोरोनासँगको लडाइ जित्न नसकिँन भन्दै सचिवालयको बैठकपछि सरकार थप रणनीतिक ढंगले जाने उनीहरुको भनाइ थियो ।
यस्तै प्रतिपक्षी दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष भट्टराईसँग संकटका बेला सबै एकताबद्ध हुनेको विकल्प नभएको बताएका थिए । यता चन्द र रेग्मीसँग कोरोना रोकथामाका लागि सुझाव मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने