केन्द्रीय संस्करण

कोरोना विरुद्धको लडाईँमा उच्च मनोबल र दृढ इच्छाशक्तिको साथ जुट्न नर्सिङ्ग परिषद्को अपील

person explore access_timeचैत २३, २०७६ chat_bubble_outline0

काठमाडौँ। नेपाल नर्सिङ्ग परिषद्ले कोरोनाभाइरस (कोभिड–१९) विश्वव्यापी महामारी विरुद्ध उच्च मनोबल र दृढ इच्छा शक्तिको साथ काम गर्न नर्सिङ्ग तथा मिडवाइफ क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको लडाई  मानव जातिको रक्षाको लडाई भएको उल्लेख गर्दै उच्च सतर्कता सहित कार्यक्षेत्रमा खट्न परिषद्ले अपिल गरेको हो । 

परिषद्की रजिष्ट्रार विन्दा घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै नर्सिङ्ग तथा मिडवाइफ क्षेत्रका स्वास्थ्यकमीहरुले ‘हामी आफू बाँचौं र अरूलाई बचाऔं’ भन्ने भावनाको साथ कार्य क्षेत्रमा डटेर लाग्नुपर्ने अवस्था आएको बताएकी छिन् । कोभिड–१९को कारण ठूलो त्रासदी र पीडादायी अवस्थाबाट गुज्रिरहेको मानव समाजको रक्षाको निम्ती यो क्षेत्रले आफ्नो अधिकतम् योगदान दिनुपर्ने अवस्था आएको उनको भनाई छ । 

परिषद्ले आजको विषम परिस्थितिमा पनि नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिहरुले अहोरात्र कार्यक्षेत्रमा खटेर महत्वपूर्ण योगदान गरीरहेको भन्दै अझै थप धर्यता र समपर्णको साथ कार्यक्षेत्रमा खट्न अपिल गरेको छ । पेशागत आचारसंहिता पालना गरेर पेशाको मर्यादालाई उच्च राख्न परिषद्को अपलि छ । विज्ञप्तिमा भनिएको छ, ‘मानवमाथिको यो ब्रजपातको यो युद्धमा उच्च मनोबल र दृढ इच्छाशक्ति लिई क्रियाशिल रहि आफ्नो सामथ्र्यको प्रर्दशन गरी विजयको शंखनाद गर्ने अवसरको रुपमा परिणत गर्न पनि हामी सबैलाई अपिल गर्दछौं ।’

नर्सिङ्ग पेशाको आदर्श फ्लोरेन्स नाइटिङ्गेलले युद्धको समय समयमा ज्यानको बाजी लगाएर काम गरेको उल्लेख गर्दै रजिष्ट्रार घिमिरेले सबै एकजुट कार्यक्षेत्रमा खट्न अपिल गरेकी छिन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.