सुदूरपश्चिम प्रदेशमा ४ जनामा कोरोना संक्रमण भेटिएपछि मुख्यमन्त्रीको सम्बोधन, के–के भने ?
कैलाली । सुदूररपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सेती प्रादेशिक अस्पताललाई कोरोना भाइरसको उपचार गर्न विशेष अस्पतालका रुपमा घोषणा गरेको बताएका छन् ।
आइतबार सुदूरपश्चिमबासीलाई विशेष सम्वोधन गर्दे उनले सो कुरा बताएका हुन् ।
सुदूरपश्चिममा ४ जनामा कारोना भाइरसको संक्रमण पुष्टि भइसकेको अवस्थामा उनले सामूहिक प्रयासले मात्रै कोरोनाबाट छुटकारा पाइने भएकाले लकडाउनलाई पूर्णरुपमा पालना गर्न र घरभित्रै बस्न आह्वान गरे ।
भारतबाट आएका नागरिकहरु तत्कल परिवार र समाजसँग घुलमिल नभइ अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बस्न पनि उनले आग्रह गरे ।
उनले लकडाउन अवधिभर समस्यामा परेका मजदुर, असहाय, विपन्नका लागि सरकारले राहात उपलव्ध गराउन लागेको समेत बताए ।
भारतवाट आएका नागरिकको डाटा संकलन गरी क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने र लकडाउनको समयमा नेपाल प्रवेश गर्न नपाएका नागरिक लागि भारतीय अधिकारी र नेपालका अधिकारी बीच समन्वय भई नाकामा नै क्वारेन्टाइन निर्माण गरी व्यवस्थापन गरेको उनले बताए ।
सुदूरपश्चिम प्रदेशका ३ वटा अस्पतालमा कोरोना भाइरस परीक्षण ल्याव स्थापना गर्ने निर्णय अनुसार सेती प्रादेशिक अस्पतालमा निर्माण गरिसकेको र जिल्ला अस्पताल डोटी र बैतडीमा स्थापनाका लागि संघीय सरकारसँग कुरा भइरहेको जानकारी दिए ।
क्वारेन्टाइनमा बसेका नागरिकको व्यवस्थापनसहित सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र कोरोना भाइरस संक्रमितको व्यवस्थापनका लागि प्रदेश सरकारले ४० करोडको कोष स्थापना गरेको बताउँदै सो कोषमा बैंक निजी क्षेत्र, संघसंस्था लगायतबाट सहयोग जुटिरहेको बताए ।
साथै प्रदेशसरकारले क्वारेन्टाइन निर्माण लगायका अति आवश्यकीय वस्तुको व्यवस्थापनका लागि उपमहानगरपालिकालाई ५ लाख, नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाखका दरले वितरण गरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता