ओखलढुङ्गाबाट थप ४ जनाको स्वाब परीक्षणका लागी धरान पठाइँदै
-रामहरि श्रेष्ठ
ओखलढुंगा । ओखलढुंगामा विदेशबाट आएर २ हप्ता बिताएका थप ४ जनाको स्वाब परीक्षणका लागी धरान पठाईदै छ । दुई हप्ताअघि कतार लागायत अन्य मुलुकबाट ओखलढुंगा आएका उनीहरुको स्वाब परीक्षण अनिवार्य भएकाले परीक्षणका लागी तयारी गरिएको हो । जिल्लाको चिशंखुगढी गाउँपालिकाका दुई जना र मोलुङ गाउँपालिकाका २ जना युवालाई जिल्ला अस्पताल रुम्जटारको आईसोलेशनमा राखेर नमुना (स्वाब) संकलन गरिने जिल्ला कमान्ड पोष्टका सूचना अधिकारी तथा जिल्ला स्वस्थ्य कार्यलयका प्रमुख सुमन तिवारीले बताए ।
उनीहरु विदेशबाट आएको १४ दिन बितेपनि जाँच अनिवार्य रहेको तिवारीको भनाई छ । ती युवाहरुको आईतबार (आज) बेलुकासम्ममा स्वाब संकलन गरी सोमबार बिहान विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइनेछ । कहिलेकाहीँ स्वस्थ मानिसमा समेत संक्रमणको जोखिम देखिनसक्ने भन्दै परीक्षण गर्न अनिवार्य रहेको प्रमुख तिवारीले वताए । उनीहरुलाई आईतबार (आजै)बाट आईसोलेशनमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ