खरिपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको नमुना परीक्षण नेगेटिभ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । आईतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको पुष्टि गरेका हुन् । सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत चैत ९ गते नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।
डा.देवकोटाले आईतबारसम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाडौं बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भइरहेको जानकारी दिए । उनले चितवनमा नमुना परीक्षण टेष्टको काम भइरहेको र बुटबलमा सोमबारदेखि सुरु हुने जानकारी दिए । काठमाडौंमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा छन् । मन्त्रालयको मोबाइल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन् ।
आइतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र तीमध्ये २४ वटा विवरण रेड जोनमा परेका छन् । योसँगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ । उनले कैलाली, कञ्चनपुर र बाग्लुङका क्वारेन्टाइनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्यापिट टेष्टबाट कोभिड १९ को परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशनअनुसार सम्बन्धित निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी दिए ।
क्वारेन्टाइनको गुणस्तर कायमका लागि सरकारले बनाएको मापदण्डअनुसार हुनुपर्ने र सो भए नभएको अनुगमन भइरहेको पनि उनले स्पष्ट पारे । उनले अझै पनि विरामीहरुले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम नरोकिएको भन्दै उनले आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई पुन सचेत गराए । उपचार नपाएर एउटा अस्पतालबाट अर्कोमा जाने अवस्था श्रृजना नगर्न पनि उनले आग्रह गरे । उनले बाहिरबाट आएका संक्रमित व्यक्तिले आफ्ना परिवारलाई सारेको अवस्थामा बाहिरबाट आएकाहरु क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने विषयलाई गम्भीर रुपमा पालना गरि परिवार, समाज र राष्ट्रप्रति जिम्मेबार बन्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?
-
लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
-
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप
-
चेल्सीको अपराजित यात्रा कायमै
-
युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का