बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राहत वितरणलाई प्रभावकारी बनाउन नेता शर्माको जोड

आइतबार, २३ चैत २०७६, १७ : ०२
आइतबार, २३ चैत २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता अनिल शर्माले लकडाउनका कारण प्रभावित बनेकाहरुको राहत वितरणलाई प्रभावकारी बनाइनु पर्नेमा जोड दिएका छन् ।

काठमाडौं महानगरपालिकाले मजदुर, विपन्न र असहाय परिवारलाई राहत वितरण प्रक्रिया सुरु गरेको सन्दर्भमा आइतबार काठमाडौं निर्वाचन क्षेत्र १ को वडाहरुमा राहत वितरणबारे अनुगमनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिका साथ पुगेका शर्माले सो कुरा बताएका हुन् । 

उनले लकडाउनका अवधिमा कोहीपनि नागरिक भोकभोकै बस्नु नपरोस् भन्ने भावनाले महानगरपालिकाले राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

यस्तै महानगरभित्र रोगको संक्रमण हुन नदिनका लागि भित्रि गल्ली र चोकचोकसम्म सेनिटाइज गर्ने, विदेशबाट आएकाहरुको लगत संकलन गर्ने, क्वारेन्टाइनमा राख्ने तथा चेकजाँच गराउने जस्ता महानगरको कार्ययोजना कार्यन्वयन भइरहेको पाइएको  पनि बताए । 
 
महानगरले उपत्यकाका अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई लकडाउन अवधीभरी वितरण गरिने राहतको मापदण्ड बनाएर एक रुपता कायम गरेको महानगर प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप