कैलाली, कञ्चनपुर र वाग्लुङमा कोरोनाको -यापिड टेस्ट गरिने
काठमाडौँ । कोरोनाभाइरसको संक्रमित फेला परेका कैलाली र कञ्चनपुर जिल्लामा क्वारेन्टाइनमा रहेका सबैको-यापिड डायगोनिस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट कोभिड–१९ को परीक्षण गरिने भएको छ । मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो निर्देशन दिएको हो ।
त्यस्तै बाग्लुङ जिल्लामा उपचारका क्रममा रहेका संक्रमित व्यक्तिहरुको वासस्थान वरपर आशंका गरिएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि आरडीटी प्रविधिबाट परीक्षण गरिनेछ । यसको साथै चैत महिनाभर विदेशबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको पनि कोभिड–१९ को परीक्षण गरिने भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
सबैको आरडीटी परीक्षणपछि भाइरसको संक्रमण भएको आशंका गरिएकाहरुको पीसीआर प्रविधिबाट पुनः सुनिश्चित गरिने पनि डा. देवकोटाले जानकारी दिए । निर्णयलाई पालना गर्दै व्यवस्था इपिडोमलोली तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठकबाट निर्णय भइ सम्बन्धित टोलीहरुलाई अभिमुखीकरण गर्ने र आजै टोली प्रस्थान गर्ने तयारी गरिएको डा. देवकोटाको भनाइ थियो ।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म १५२९ जनाको कोभिड–१९ परीक्षण भएको जानकारी दिएको छ । यसमध्ये ९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने १ जना निको भएर घर फर्किसकेका छन् ।
यस्तै, हाल काठमाडौँमा १२ तथा काठमाडौँबाहिर १०२ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सम्भावित संक्रमितको सूची ‘रेड जोन’ मा कूल १४० जनालाई राखिएको पनि जानकारी दिए । यता, खरिपाटीको क्वारेन्टाइनमा रहेका ९४ जनाको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको पनि डा. देवकोटाले जानकारी दिए ।
डा. देवकोटाका अनुसार उपत्यकाबाहिर ७ स्थानमा कोभिड–१९ को परीक्षण सुरु भएको छ । चितवन, धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षणहरु भइरहेका छन् । बुटवलमा पनि चाँडै सुरु गरिने डा. देवकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)