शिवम् सिमेन्ट्सले वितरण गर्यो ३८० परिवारमा खाद्यान्न, आइसोलेसन बेड निर्माणमा पनि सहयोग
![शिवम् सिमेन्ट्सले वितरण गर्यो ३८० परिवारमा खाद्यान्न, आइसोलेसन बेड निर्माणमा पनि सहयोग](https://rpcdn.ratopati.com/media/albums/Picture_2_zOkZ5hTQrG.jpg)
काठमाडौं– अन्तर्राष्ट्रिय जगतलाई नै आक्रान्त बनाईरहेको नोबेल कोरोनाभाइरस(कोभिड १९) को महामारीको यस अवस्थामा शिवम् सिमेन्ट लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनको लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ ।
शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७मा सोही वडाका जनप्रतिनिधिहरु सँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गाउँपालिकामा आइसोलेसन बेडसहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
केही दिन देखी देशमा जारी लकडाउनका कारण सबै नेपालीको दैनिक जिवन प्रभावित भएको छ । कोभिड १९ को संक्रमण फैलने क्रमलाई नियन्त्रण गर्न लक डाउन मात्र एक उपाय भएकोले यो अझ लम्विन सक्ने सम्भावना देखिएको छ ।
यस लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानिय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवलकिशोर चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म
-
विराटनगरका एमाले नेता पोखरेल माओवादीमा प्रवेश
-
महाशिवरात्रि मूल समारोह समिति गठन