बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयलाई एक हजार थान पीपीई प्रदान

आइतबार, २३ चैत २०७६, १५ : ४३
आइतबार, २३ चैत २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सातै प्रदेशमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिएको जनाएका छन् । कोरोना भाइरस विरुद्ध प्रयोग हुने पीपीईलगायतका स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले आग्रह र पूर्वाग्रहबाट माथि उठेर देश जोगाउनका लागि सवै लाग्नुपर्ने बताए । उनले कोरोनाविरुद्धको लडाईंमा सरकार एक्लैले केही गर्न नसक्ने भन्दै सवैको सहयोगबाट मात्रै कोरोनाविरुद्धको लडाई जित्न सकिने बताए ।
सो अवसरमा शहरीविकास राज्यमन्त्री रामवीर मानन्धरको समन्वयमा स्वास्थ्य मन्त्रालयलाई ३ सय थान तथा नेपाल भारत मानव मैत्री संघ का तर्फबाट सात सय थान पीपीई प्रदान गरिएको थियो  । उक्त पीपीई बुझ्दै मन्त्री ढकालले संकटको घडीमा सानासाना सहयोगले पनि धेरैको ज्यान बचाउन सकिने बताए ।

 त्यसक्रममा मन्त्री ढकालले विश्व नै कोरोनाभाइरस विरुद्ध लडिरहेका बेला यसको लडाईमा अघिल्लो पंक्तिमा बसेर काम गर्ने चिकित्साकर्मीहरुको मनोवल बढाउन पनि यस्ता सुरक्षा सामग्रहीहरु उपलव्ध गराउन सरकारले प्रयास गरिरहेको बताए । उनले केहीसामग्रीहरु प्राप्त भएपनि कही सामग्रीहरु अझे ल्याउने काम गरेको बताए ।

त्यस्तै उनले अभाव नै अभावका वीच पनि सरकारले सातै प्रदेशमा ल्याव विस्तार र कोरोना परीक्षण गर्ने काम गर्न सफल भएको बताए । उनले लकडाउनको अन्तिम अव्स्थामा रहेको भन्दै रोग फैलन नदिन सरकारले जस्तोसुकै  कदम चाल्न तयार रहेको भन्दै कोरोनाविरुद्ध विजय हासिल गर्नुको विकल्प नभएकाले सवैको हातेमालो अनिवार्य भएको मन्त्री ढकालको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप