शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकहरु ब्याजदर घटाउने तयारीमा

आइतबार, २३ चैत २०७६, १४ : ००
आइतबार, २३ चैत २०७६

बैंकहरु ब्याजदर घटाउने तयारीमा जुटेका छन् । बैशाखदेखि लागू हुनेगरी ब्याजदरु घटाउने तयारीमा रहेको सिटिजन्स बैंकका सिईओ गणेशराज पोखरेलले बताए । 

यसका लागि सिटिजन्सले आजै बैठक बसेर ब्याजदर टुंगो लगाउने छ ।  पोखरेलले भने, ‘यतिखेर बाँच्यो भने बाँच्न सकिन्छ, हामीले अहिलेलाई हेर्नुपर्छ भनेर ब्याजदर घटाउने कुरा गरिरहेका छौ । आफू पनि बाँच्नु पर्यो उद्योग धन्दाहरु पनि  बाँच्नु पर्यो र समाजलाई बचाउन पर्यो ।’

खासगरी सँस्थागत निक्षेपको ब्याज घटाउन लागेको भन्दै उनले यसले ब्यापारीलाई पनि राहत दिने विश्वास व्यक्त गरे ।  

अर्का एक बैंकर्सले पनि ब्याजदर घटाउन बैंकहरुले आ—आफ्नै तरिकाले गृहकार्य गरिरहेको बताए ।  सम्भवत बैंशाख १ गतेबाट लागू हुने गरी सबै बैंकले निक्षेपको ब्याजदर घटाउने बुझिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप