बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सस्तोडिलले सुरु गर्यो होम डेलिभरी

आइतबार, २३ चैत २०७६, १३ : २१
आइतबार, २३ चैत २०७६

काठमाडौं– नेपालको लोकप्रिय इ कमर्स कम्पनी सस्तोडिल डट कमले लकडाउनको प्रतिकुल अवस्थामा अत्यावश्यक  बस्तुको घरैमा डेलिभरी सेवा सुरु गरेको छ।

उपभोक्ताले सस्तोडिल डट कमको वेबसाईटमा गएर आफुलार्इ आवश्क सामग्री अर्डर गरेपछी कम्पनिले काठमाडौ उपत्यका भित्र घरैमा डेलिभरी गर्ने कम्पनीका  संस्थापक अमुन थापाले बताए। त्यसका लागि न्युनतम एक हजार रुपैयाँको खरिद गर्नु पर्ने हुन्छ। 

अनलाइन अर्डर गर्ने उपभोक्ताले अनलाइन बाटै पैसा तिर्न सक्छ्न । पैसाबाट समेत कोभिड १९ सर्न सक्ने भएकोले नगद भन्दा अनलाइनबाट गरिने भुक्तानीलाई प्रोत्साहन गरि क्यूआर कोड  स्क्यानबाट भुक्तानी गर्न सकिने थापाको भनाइ छ। 

सेल पेबाट भुक्तानी गर्नेले सामान डेलिभरीको समयमा १० थान मास्क निशुल्क प्राप्त गर्नेछन्। कोरोना राहत कोषमा एनएमबि बैंकको कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत र आइएमर्इ पेमार्फत भुक्तानी गर्दा दुई सय ५० रुपैयाँ सहयोग गरिने थापाले जानकारी दिए। 

अनलाइन भुक्तानी गर्न असमर्थ ग्राहकको लागि डेलिभरीको बेला नगद तिर्ने सुबिधा समेत रहेको छ।

नेपाल सरकारले विद्युतको महशुलमा छुट दिएसँगै र बजारमा ग्यासको सर्वसुलभता नभएको सन्दर्भमा इन्डक्सन चुलो र राइस कुकरको माग बढेको थापा बताउँछन्। स्वास्थ्य सावधानी अपनाउनु पर्ने समय भएकोले कर्मचारीको साथै उपभोक्ताको स्वास्थ्यको मध्यनजर गर्दै काम गरेको बताइएको छ।

\सस्तोडिल डट कमद्वारा ट्राफिक प्रहरीलाई सहयोग

जोखिम समयमा जनताको सेवामा खटिएका ट्राफिक प्रहरीलाई सस्तोडिल डट कमले मास्क र सेनिटाइजर सहयोग गरेको छ। 

एन ९५ मास्क २०० थान, सर्जिकल मास्क ५०० थान र १०० थान सेनिटाइजर ट्राफिक प्रहरी प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई हस्तान्तरण गरिएको हो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप