पत्रकारलाई विशेष प्याकेज र बीमाको व्यवस्था गर्न मधेशी पत्रकार समाजको माग
जनकपुर । मधेशी पत्रकार समाजले कोरोना महामारीको जोखिम मोलेर सूचना प्रवाह गर्दै आएका पत्रकारहरुका लागि विशेष राहत प्याकेज र बीमाको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेको छ ।
आइतबार मधेश पत्रकार समाज नेपाल प्रदेश २ र धनुषा शाखाले बेग्लाबेग्लै विज्ञप्ति जारी गर्दै विश्वसहित नेपाल समेत कोरोना भाइरस महामारीको अवस्था रहेका समयमा ज्यानको परवाह नगरी जोखिम मोलेर नागरिकलाई सूचना तथा सन्देश प्रवाह गर्ने पत्रकारलाई विशेष प्याकेज र बीमाको व्यवस्था गर्न माग गरेका हुन् ।
प्रदेश सरकार र संघीय सरकारले महामारीको बेला कार्यरत चिकित्सक, सुरक्षा निकाय क्षेत्रमा खट्नेलाई बीमा र प्रोत्साहन स्वरुप थप रकम दिने लगायतका विभिन्न विशेष प्याकेजको व्यवस्था गर्नु सकारात्मक भएपनि पत्रकारलाई कुनै व्यवस्था नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउदैँ यस्तो माग गरिएको समाजका प्रदेश अध्यक्ष वीरेन्द्र रमणले जनाए ।
संवेदनशील अवस्थामा पत्रकारहरुले आ–आफ्नो पेसागत धर्म निर्वाह गर्दै जोखिम मोलेर पनि कार्यक्षेत्रमा अहोरात्र खट्दै आउनुपरेकाले उनीहरुलाई सुरक्षा आवश्यक रहेको समाजका धनुषा शाखाका अध्यक्ष सुभास कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)