बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा इँटाभट्टाको पोखरीमा डुबेर पुरुषको मृत्यु

आइतबार, २३ चैत २०७६, ११ : ००
आइतबार, २३ चैत २०७६

चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ ।
 
इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु भएको थाहा पाएपछि प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
 
इँटाभट्टाले गहिरो पोखरी खन्ने र खुला छाड्ने गर्दा हरेक वर्ष बच्चाको मृत्यु हुँदै आएकामा यस वर्ष पुरुषको मृत्यु भएको छ । घटनाबारे अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप