शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्राससँगै अनेकन अफवाह

आइतबार, २३ चैत २०७६, १० : १४
आइतबार, २३ चैत २०७६

कैलाली । सुदुरपश्चिम प्रदेशको टीकापुरमा आकासबाट जलेको परालजस्तो वस्तु खसेको र उक्त वस्तुलाई निधारमा टीका लगाए कोरोनाभाइरसको संक्रमणबाट बच्ने भन्ने नयाँ अफवाह फैलिइएको छ । शनिबार राती टीकापुरमा करिव ९ बजे आकासबाट जलेको पराल जस्तो वस्तु खसेको भन्दै सो पराललाई निधारमा टीका लगाए कोरोनाभाइरसबाट बाँचिने अफवाह फैलिएको हो ।

यसअघि कैलालीमा नै घर अगाडी खन्दा कोइला भेटिने र उक्त कोइलाको टीका लगाए कोरोनाभाइरसको संक्रमणबाट बचिने अफवाह फैलिएको थियो ।


भारतबाट आएकाहरुमा कोरोनाभाइरसको संक्रमण देखिन थालेपछि यहाँ स्थानीयहरु त्रासित रहेका छन् । त्रासका बीच टीकापुरमा अनेकन अफवाहहरु फैलिरहेका छन् ।

वडा नम्बर १ का व्यापारी लोकबहादुर विसी भन्छन्, ‘महेन्द्रनगरबाट मेरो साथीले  म्यासेन्जरमा आकासबाट परालजस्तो वस्तु खसेको र उतm वस्तुलाई घोटेर निधारमा लगाए कोरोना संक्रमण ठीक हुन्छ भन्यो ।  साथीले त्यस्तो कुरा म्यासेनजरमा भनेपछि म पनि वाहिर गएँ र भनेको जस्तै वस्तु भेटियो र घोटेर निधारमा लगाए ।’

त्यसै टीकापुरका स्थानीय सुरत साउदले पनि उक्त वस्तु भेट्टाएको र कोरोनाबाट बच्न घोटेर निधारमा लगाएको स्वीकार गर्छन् । हल्ला चलेपछि भेटिएको उतm वस्तुलाई स्थानीय नेतादेखि शिक्षकहरुले समेत घोटेर निधारमा टीका लगाएको उनी बताउँछन् ।

जिल्लामा तीन जना कोरोनाभाइरस संक्रमित भेटिएको पुष्टि भएपछि थप त्रास बढेको छ । ‘मानिसमा त्रास छ । त्यही भएर उनीहरु अनेकन उपायहरु अपाउन थालेका छन्,’ स्थानीय नागरिक अगुवाहरु भन्छन्, ‘कोरोनाभाइरसबारे जनचेतनाको पनि कमी देखिएको छ ।’

केही दिन पहिला पनि टीकापुर क्षेत्रमा नै कोइलाको टीका निधारमा लगाए कोरोना संक्रमणबाट बचिने भन्दै स्थानीयहरुले घरको आगन खन्दै टीका लगाउन सुरु गरेका थिए । कैलाली जिल्लाको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोसीपुर गाउँपालिका, भजनी नगरपालिका लगायतका विभिन्न गाउँका बासिन्दाले अफवाहलाई पत्याउँदै कोइलाको टीका लगाएका थिए ।           

‘यो नागरिकको मनस्थितिलाई कमजोर वनाउने हल्ला मात्र हो, इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्ट भन्छन्, ‘यस्तो हल्लाको पछि नलाग्न भनिरहेका छौँ ।’ उनले सबै नागरिकलाई घरमा सुरक्षित बस्न, अफवहाको पछि नलाग्न र भारतबाट आएका व्यतिmको नजिक नगइ उनीहरुलाई कोरेन्टाईनमा बस्ने सल्लाह दिन भन्दै जनचेतना फैलाइरहेको बताए । उनले त्यस क्षेत्रमा देखिएको पराल कुनै क्षेत्रमा डढेलो लागेको र हावामा उडाएर आएको हुन सक्ने बताए । स्थानीय पत्रकारका अनुसार नजिकै वर्दिया राष्ट्रिय निकुञ्जमा डढेलो लागेको र सोही क्षेत्रबाट यस्तो वस्तु आएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप