शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाका नेता सुवेदीको निधन

आइतबार, २३ चैत २०७६, ०९ : ३१
आइतबार, २३ चैत २०७६

राप्रपाका पूर्व मुख्यसचिव तथा सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालसमा आज निधन भएको राप्रपा नेता मोहन श्रेष्ठले बताएका छन् ।

तत्कालीन राप्रपा नेपालमा मुख्यसचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए । लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए ।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको निजी सचिवालयमा रहेर काम गरेका थिए । सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनका एक श्रीमती र दुई छोरा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप