शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सियारामले लगाए मध्यरातमा श्रीमती र दुई छोरीलाई आगो, ३ दिनपछि मात्रै घटना बाहिर

आइतबार, २३ चैत २०७६, ०९ : २८
आइतबार, २३ चैत २०७६

काठमाडौँ । सुतिरहेकी श्रीमती र दुई छोरीहरुलाई आगो लगाएर एक व्यक्ति फरार भएका छन् । सुनसरी इनरुवाको तीन दिनअघिको घटना भए पनि डरले प्रहरीसमक्ष ढिलो उजुरी आएपछि शनिवार मात्र घटनाबारे थाहा भएको हो । 

चैत २० गते राती इनरुवा नगरपालिका–८ डुम्राहा सतखोलियाका सियाराम उराँवले श्रीमती कमलकुमारी उराँव, ७ वर्षकी छोरी प्रतिक्षा र ४ वर्षकी छोरी प्रतिज्ञालाई सुतिरहेको अवस्थामा घरमा आगो लगाएर भागेका हुन् । 

बेलुका खाना खाएर सुतेका सियारामले मध्यराती श्रीमती र दुई छोरीलाई मट्टितेल छर्केर आगो लगाई भागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विनोद शर्माले बताए । 

एसपी शर्माका अनुसार जलेर घाइते आमाछोरीहरूको इनरुवा अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित कोशी अस्पताल रिफर गरिएको छ । 

घटनाको तीन दिनपछि पिडितको माइतीबाट आफन्त आएर प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना बाहिर आएको एसपी शर्माले बताए । उनले भने, ‘घटनालगत्तै डरले प्रहरीमा उजुरी नहालेको हुनसक्छ ।’

फरार सियारामको खोजी कार्य भइरहेको उनले बताए । र, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप