शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्सले कोभिड–१९ को मेडिकल ट्रायललाई दियो अनुमती

आइतबार, २३ चैत २०७६, ०९ : ३२
आइतबार, २३ चैत २०७६

फ्रान्सले कोभिड–१९ को संक्रमणबाट ठिक भएका बिरामीको रक्त प्लाज्मालाई गम्भीर रुपमा बिरामी व्यक्तिमा चढाउने ‘मेडिकल ट्रायल’ लाई अनुमती दिएका छन् ।

प्याज्मामा यस्ता एन्टिबडिज हुन्छन् जसले भाइरसविरुद्ध शरीरमा प्रतिरोधी क्षमता पैदा गर्छ । यो मेडिकल ट्रायल पेरिसको एक अस्पतालमा भर्ना भएका ६० बिरामीमा मंगलबारदेखि सुरु गरिनेछ ।

यस्तै प्रकारको मेडिकल टेस्ट चीन र अमेरिकामा पनि गरिँदै छ ।

अमेरिकामा औषधीको मापदण्ड निश्चित गर्ने संस्थान एफडीएले यो उपचार केही हदसम्म सफल रहेको पछिल्लो डाटासहित जानकारी दिएको छ । एफडीएले कोभिड–१९ संक्रमणबाट ठिक भएका बिरामीलाई प्लाज्मा दान गर्न अपिलसमेत गरेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप