बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति ट्रम्पले न्यूयोर्कमा सेना उतार्दै

आइतबार, २३ चैत २०७६, ०८ : ३१
आइतबार, २३ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू न्यूयोर्कमा एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्ने योजनामा भएको जानकारी दिएका छन् ।

अमेरिकाको न्यूयोर्क कोरोनाभाइरसको संक्रमणको केन्द्र बनेको छ । न्यूयोर्कमा मात्रै हालसमम ३ हजार ५ सय ६५ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँ ६३० जनाको मृत्यु भएको छ ।  पूरा अमेरिकाभरी मृतकको संख्या ८ हजार ४ सय ५२ छ ।

न्यूयोर्कका गभर्नर एन्ड्र्यू क्यूमोले खराब स्थिती त अझै आउन बाँकी भएको जानकारी दिँदै अस्पताल यसका लागि तयार नभएको बताएका छन् । न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले करिब ४५ हजार थप स्वास्थ्यकर्मीको आवश्यकता पर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप