राष्ट्रपति ट्रम्पले न्यूयोर्कमा सेना उतार्दै
आइतबार, २३ चैत २०७६, ०८ : ३०

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू न्यूयोर्कमा एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्ने योजनामा भएको जानकारी दिएका छन् ।
अमेरिकाको न्यूयोर्क कोरोनाभाइरसको संक्रमणको केन्द्र बनेको छ । न्यूयोर्कमा मात्रै हालसमम ३ हजार ५ सय ६५ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यहाँ ६३० जनाको मृत्यु भएको छ । पूरा अमेरिकाभरी मृतकको संख्या ८ हजार ४ सय ५२ छ ।
न्यूयोर्कका गभर्नर एन्ड्र्यू क्यूमोले खराब स्थिती त अझै आउन बाँकी भएको जानकारी दिँदै अस्पताल यसका लागि तयार नभएको बताएका छन् । न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले करिब ४५ हजार थप स्वास्थ्यकर्मीको आवश्यकता पर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ मन्दिरमा करिब ४८ लाख भेटी सङ्कलन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
कम बजेटमै जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ : मुख्यमन्त्री आचार्य
-
गाजा–इजरायलबीच नयाँ युद्धविराम योजना प्रस्ताव
-
कक्षा १२ को परीक्षा सर्यो
-
एक पटकको नेपाली सदैव नेपाली हुनुपर्छ : लिङ्देन