केन्द्रीय संस्करण
कोरोनाभाइरस

कसरी जित्न सकिएला कोरोनाविरुद्धको महायुद्ध : खोप वा ‘समुह प्रतिरोध’ क्षमताको विकास ?

के कोरोनाभाइरसको संक्रमण दोहोरिएर हुन सक्छ ? किटाणुका विरुद्ध शरीरमा रोग प्रतिरोधी क्षमता कसरी बन्छ ?

person explore access_timeचैत २३, २०७६ chat_bubble_outline0

सारा संसार यतिखेर कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसद्वारा सिर्जित महाव्याधिका विरुद्ध महायुद्ध लडिरहेका छन् । यो लडाइमा विजय पाउनका लागि सिंगो संसार एकातिर खोप र औषधीको विकासमा युद्धस्तरमा लागिपरिरहेका छन् भने अर्कोतिर बेलायत, अमेरिका जस्ता कतिपय विकसित देशहरु चाहिँ यसका विरुद्ध ‘समुह प्रतिरोध’ क्षमताको विकास गर्ने रणनीतिलाई पनि साथसाथै अपनाएर अघि बढिरहेको देखिन्छ । यो स्थितिमा सारा संसारलाई हायलकायल पार्दै आफ्नो प्रकोपले ग्रसित तुल्याउँदै आएको यो रोगविरुद्ध कसरी विजय पाउन सकिएला त ? यसबारेमा बुझ्नका लागि उपयोगी हुने अलजजिरामा प्रकाशित डा. अमिर खानको यो लेख हामीले अनुवाद गरी प्रकाशित गरेका छौं ।

गत फेब्रुअरीको अन्त्यतिर जापानको ओसाकामा ४० वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण दोहोरिएर देखापरेपछि कोरोनाभाइरसको संक्रमण एकपटकभन्दा बढी हुन सक्ने डर पैदा भएको छ । यसबारेमा निश्चित गर्नका लागि अध्ययन र अनुसन्धानहरु भइरहेका छन् । अहिलेसम्म यसबारेमा यसै भन्न सकिने स्थिति छैन ।

कोरोनभाइरसले दोहोर्‍याएर संक्रमण गर्छ कि गर्दैन भन्नेबारे बुझ्नुभन्दा पहिले भाइरसका विरुद्धमा हाम्रो शरीरले कसरी प्रतिरोधी क्षमता विकास गर्छ भन्ने जान्नु जरुरी हुन्छ ।


जब किटाणुहरु (भाइरस, व्याक्टेरिया जस्ता संक्रमण गराउने बाहिरी वस्तु) हाम्रो शरीरमा घुस्छ, शरीरको रोगप्रतिरोधी प्रणाली (इम्युन सिस्टमले त्यसलाई सबैभन्दा पहिले बाहिरी बस्तुको रुपमा चिन्नु जरुरी हुन्छ । हाम्रो रगतमा एउटा विशेष रक्तकोषहरु हुन्छन् जसको काम नै शरीरमा गस्ती गर्ने र नयाँ संक्रमण फेलापर्नेबित्तिकै खतराको चेतावनी तुरुन्तै पठाउने हुन्छ ।


जब किटाणुहरु (भाइरस, व्याक्टेरिया जस्ता संक्रमण गराउने बाहिरी वस्तु) हाम्रो शरीरमा घुस्छ, शरीरको रोगप्रतिरोधी प्रणाली (इम्युन सिस्टमले त्यसलाई सबैभन्दा पहिले बाहिरी बस्तुको रुपमा चिन्नु जरुरी हुन्छ । हाम्रो रगतमा एउटा विशेष रक्तकोषहरु हुन्छन् जसको काम नै शरीरमा गस्ती गर्ने र नयाँ संक्रमण फेलापर्नेबित्तिकै खतराको चेतावनी तुरुन्तै पठाउने हुन्छ ।

त्यो चेतावनीले हाम्रो शरीरको रोग प्रतिरोधी प्रणालीलाई उत्तेजित गराउँछ र त्यसका विरुद्ध एउटा विशेष किसिमको एन्टिबडीहरु पैदा गर्न थाल्छ । संक्रमणलाई जित्नेगरी एउटा निश्चित तहसम्मको एन्टीबडी बनाउनुपर्ने भएकोले यो प्रक्रियाले  समय लिन्छ ।

तर त्यही समयको बीचमा शरीरभित्र घुसेको भाइरस वा ब्याक्टेरिया बृद्धि हुने काम भइरहेको हुन्छ, जसले हामीलाई अस्वस्थ महसुस गराइरहेको पनि हुन्छ ।

संक्रमणका विरुद्ध लड्न आवश्यक परिणाममा शरीरले एन्टीबडी बनाउनका लागि केही दिन वा केही हप्ता पनि लाग्छ सक्छ । त्यो समयावधिका बीचमा हामीमा संक्रमणका लक्षणहरु देखापर्न सक्छन् ।

जब पर्याप्त मात्रामा एन्टीबडीहरु पैदा हुन्छ, संक्रमणमाथि शरीरको रोग प्रतिरोधी प्रणालीले विजय हासिल गर्छ र हामी सन्चो भएको महसूस वा अनुभव गर्न थाल्छौं ।


संक्रमणविरुद्धको यो लडाइँमा हाम्रो रोग प्रतिरोधी प्रणालीले एउटा चलाखी गर्छ  : त्यसले सम्झना गर्ने कोषहरु (memory cells) पनि पैदा गर्छ । ती सम्झना गर्ने कोषहरुले भविष्यमा त्यही किसिमका संक्रमणहरुले शरीरमा प्रवेश गर्यो भने त्यसका विरुद्धमा लड्नका लागि शरीरको रोग प्रतिरोधी प्रणालीलाई तम्तयार अवस्थामा राख्छ ।


संक्रमणविरुद्धको यो लडाइँमा हाम्रो रोग प्रतिरोधी प्रणालीले एउटा चलाखी गर्छ  : त्यसले सम्झना गर्ने कोषहरु (memory cells) पनि पैदा गर्छ । ती सम्झना गर्ने कोषहरुले भविष्यमा त्यही किसिमका संक्रमणहरुले शरीरमा प्रवेश गर्यो भने त्यसका विरुद्धमा लड्नका लागि शरीरको रोग प्रतिरोधी प्रणालीलाई तम्तयार अवस्थामा राख्छ ।

त्यस्तो भयो भने, ती सम्झना राख्ने कोषहरु तुरुन्तै क्रियाशील हुन्छन् र संक्रमणले तपाईंलाई अस्वस्थय बनाउनुभन्दा पहिले नै त्यसलाई नष्ट गर्ने काममा जुटिाल्छ । ती सम्झना राख्ने कोषहरुले शरीरको रोग प्रतिरोधी प्रणालीलाई त्यसका विरुद्ध काम गर्नका लागि क्रियाशील बन्नका लागि अत्यन्तै छिटो सन्देश पठाउने काम पनि गर्छ ।

यो अवस्थामा तपाईंको शरीरको रोग प्रतिरोधी प्रणालीले यति छिटो काम गर्छ कि तपाईंलाई आफू विरामी भएको महसूस नै हुँदैन वा संक्रमण भएको अत्तोपत्तो पनि लाग्दैन । यो किन हुन्छ भने तपाईं त्यस किसिमका संक्रमणका विरुद्ध प्रतिरोधी भइसकेको हुनुहुन्छ ।

त्यस्तो प्रतिरोधी क्षमता सामान्यतः जीवनभरि नै कायम रहन सक्छ – तर सधैं नहुन पनि सक्छ ।


सार्स भाइरस । www.nature.com/news

कोभिड–१९ रोग लगाउने बाहेक अन्य कोरोनाभाइरसहरु पनि छन् । थुप्रै मौसमी रुघाखोकी लगाउने कोरोनाभाइरसहरु पनि छन् र तिनले संक्रमण गरिसकेका अवस्थामा पनि तिनका विरुद्धमा हाम्रो शरीरले जीवनभरिको प्रतिरोधी क्षमता हासिल गर्न सक्दैनन् ।


कोभिड–१९ रोग लगाउने बाहेक अन्य कोरोनाभाइरसहरु पनि छन् । थुप्रै मौसमी रुघाखोकी लगाउने कोरोनाभाइरसहरु पनि छन् र तिनले संक्रमण गरिसकेका अवस्थामा पनि तिनका विरुद्धमा हाम्रो शरीरले जीवनभरिको प्रतिरोधी क्षमता हासिल गर्न सक्दैनन् । सार्स (severe acute respiratory syndrome (SARS), जस्तो अर्को किसिमको कोरोनाभाइरसले संक्रमण गरेको अवस्थामा पनि त्यसका विरुद्धमा हामीले दुईदेखि तीन वर्षसम्म मात्रै प्रतिरोधी क्षमता हासिल गर्न सक्छौं । अर्थात् यो प्रतिरोधी क्षमता हासिल गर्ने कुरा भाइरसपिच्छे फरक फरक हुने गर्छ ।

धेरै विज्ञहरुको विश्वासमा अहिलेको महाव्याधिको विश्वव्यापी प्रकोपबाट मुक्ति पाउने दुईटा बाटाहरु छन् । पहिलो, हामीले यो भाइरसका विरुद्धमा भ्याक्सिन पत्ता लगाउन सक्छौं, र त्यो भ्याक्सिन लगाएकाहरुमा यसभाइरसका विरुद्ध तीब्र प्रतिरोधी क्षमता हासिल हुनेछ । अर्को, संक्रमण फैलावटको अहिलेको गतिले पर्याप्त मानिसहरु संक्रमित हुनेछन् र त्यसका विरुद्धमा उनीहरुमा प्राकृतिक रुपमा प्रतिरोधी क्षमता विकास हुनेछ । त्यसले अन्ततः समुह प्रतिरोध वा बथान प्रतिरोध (herd immunity)  पैदा गरिदिनेछ, जसले गर्दा पर्याप्त मात्रामा मानिसहरु त्यस भाइरसका विरुद्धमा प्रतिरोधी बन्नेछन् र त्यसले त्यो भाइरस अरु बढी बृद्धि हुन  र फैलिन सक्ने छैन ।

त्यो समुह प्रतिरोध प्राप्त गर्नको लागि कुल जनसंख्याको ६० देखि ७० प्रतिशत मानिसहरु अहिलेको कोरोनाभाइरसबाट संक्रमित हुनुपर्ने विश्वास गरिन्छ ।


समाधानको यो उपाय (समुह प्रतिरोध)ले के कुरालाई चाहिँ दृष्टिगोचर गरेको पाइँदैन भने भविष्यमा कोभिड–१९ भाइरसले यतिविघ्न आफ्नो रुप परिवर्तन गर्दै जानेछ कि मानिसको सम्झने कोषले नै त्यसलाई चिन्न सक्नेछैन वा केही संक्रमणहरुका विरुद्ध जीवनभरि प्रतिरोधी बन्न सक्ने गरी ती सम्झने कोषहरु नै नबन्न पनि सक्छन् ।


तर समाधानको यो उपाय (समुह प्रतिरोध)ले के कुरालाई चाहिँ दृष्टिगोचर गरेको पाइँदैन भने भविष्यमा कोभिड–१९ भाइरसले यतिविघ्न आफ्नो रुप परिवर्तन गर्दै जानेछ कि मानिसको सम्झने कोषले नै त्यसलाई चिन्न सक्नेछैन वा केही संक्रमणहरुका विरुद्ध जीवनभरि प्रतिरोधी बन्न सक्ने गरी ती सम्झने कोषहरु नै नबन्न पनि सक्छन् ।

अतः के कोभिड–१९ भाइरसले एक पटक भन्दा बढी संक्रमित गर्ने सम्भावना छ त ?

हेक्का राख्नैपर्ने पहिलो कुरा के हो भने हामीसँग अहिले तथ्यगत अध्ययन नगरिएका सानो संख्यामा मात्र सीमित रिपोर्टहरु उपलब्ध छन् । फेरि ती केसहरु नयाँ संक्रमण हुन् वा पहिलेकै संक्रमण दोहोरिएर देखापरेका हुन् भनेर पनि प्रष्ट छैन ।

चीनमा गरिएको एक अध्ययनमा कोरानाभाइरसबाट संक्रमित तथा त्यसका विरुद्धमा एन्टीबडी विकसित भएका बाँदरहरुमाथि दोहोर्याएर कोरोनाभाइरसले संक्रमित गर्छ कि गर्दैन भनेर अध्ययन गरिएको थियो । त्यसमा आश्वस्त तुल्याउने गरी, ती बाँदरहरुम दोस्रो पटक त्यसका विरुद्धमा संक्रमण गराउन नसक्ने गरी प्रतिरोधी क्षमता विकसित भएको पाइएको थियो । 

रोग प्रतिरोधसम्बन्धी विज्ञहरु (Immunologists)  यसबारेमा अरु थप अध्ययनहरुको खाँचो औंल्याउँछन् । कोभिड–१९ का विरुद्धमा शरीरले पैदा गर्ने प्रतिरोधी क्षमता जीवनभरि कायम रहन्छ कि रहँदैन भन्ने पनि अहिले प्रष्ट छैन । खासगरी, मौसमी रुघाखोकी लगाउने जस्ता अरु केही कोरोनाभाइरसका संक्रमणबारे हामीसँग उपलब्ध तथ्यांकहरुले तिनका विरुद्धमा हाम्रो शरीरमा पैदा हुने एन्टीबडीले अस्थायी प्रतिरोधी क्षमता (करिब तीन महिना) मात्रै दिने देखाएको छ ।


कोभिड–१९ का विरुद्धमा शरीरले पैदा गर्ने प्रतिरोधी क्षमता जीवनभरि कायम रहन्छ कि रहँदैन भन्ने पनि अहिले प्रष्ट छैन । खासगरी, मौसमी रुघाखोकी लगाउने जस्ता अरु केही कोरोनाभाइरसका संक्रमणबारे हामीसँग उपलब्ध तथ्यांकहरुले तिनका विरुद्धमा हाम्रो शरीरमा पैदा हुने एन्टीबडीले अस्थायी प्रतिरोधी क्षमता (करिब तीन महिना) मात्रै दिने देखाएको छ ।


तथापि, केही विशेषज्ञहरु आशावादी छन् । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका नयाँ देखापर्दै गरेका तथा संक्रामक रोगहरुसम्बन्धी विज्ञ प्रोफेसर मार्टिन हिब्बेर्ड भन्छन्, ‘योबारेमा निश्चित हुनका लागि हामीलाई अरु धेरै प्रमाणहरुको आवश्यकता छ, तर सार्स–कोभ–२ (कोभिड–१९) बाट संक्रमित भएर निको भएकाहरु फेरि संक्रमित हुने सम्भावना कमै छ ।’

कोभिड–१९ का विरुद्धमा प्रतिरोधी क्षमता विकासका बारेमा निष्कर्षमा भन्दा  : प्रारम्भिक रिपोर्टहरु राम्रा देखिन्छन् तर अझै धेरै कामहरु गर्न बाँकी नै छन् । यो भाइरस देखापरेको धेरै समय नभएकोले यसका विरुद्धमा जीवनपर्यन्त प्रतिरोधी क्षमता हासिल हुन्छ भनेर ठोकुवाका साथ निष्कर्षमा पुगिहाल्न सकिन्न ।

अहिलेको समय भनेको यो भाइरसको संक्रमणबाट निको भएका मानिसहरुलाई नियाल्ने र अध्ययन गर्ने बेला होः तिनीहरुमा उक्त भाइरसका विरुद्ध विकसित एन्टीबडी र प्रतिरोधी क्षमता टिक्छ कि टिक्दैन ?

एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद । स्रोत  : अलजजिरा

डा. अमिर खान बेलायत स्थिति नेशनल हेल्थ सर्भिस (NHS)  का डाक्टर हुन् । उनी बेलायतका युनिभर्सिटी अफ लीड्स स्कुल अफ मेडिसिन र युनिभर्सिटीअफ ब्राडफोर्डका सिनियर लेक्चरर पनि हुन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.