बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, फ्रान्समा एकैदिन १ हजार बढीको मृत्यु

शनिबार, २२ चैत २०७६, २३ : ४८
शनिबार, २२ चैत २०७६

एजेन्सी । अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ । शनिबार बेलुकासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ४ सय ३२ पुगेका तथ्याँक संकलक साइट वल्ड्रोमिटरले जनाएको छ । त्यस्तै एकदिनमै अमेरिकामा २३ हजार २ सय ७१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने ७ सय ५० जनाको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय ५४ पुगेको छ । त्यस्तै शनिबारै फ्रान्समा सबैभन्दा बढी १ हजार ५३ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमित हुनेको कूल संख्या ८२ हजार १ सय ६५ पुगेको छ । मर्नेको संख्या ७ हजार ५ सय ६० पुगेको छ ।

त्यस्तै,इटालीमा एकैदिन ६ सय ८१ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १५ हजार ३ सय ६२ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ६ सय ३२ पुगेको छ । उता स्पेनमा एकैदिन ५ सय ४६ जनाको मृत्यु भएको छ । योसहित स्पेनमा मनेको संख्या ११ हजार ७ सय ७४ पुगेको छ । उल्लेखित मुलुक लगायत विश्वका २ सयभन्दा बढी मुलुकहरुमा संक्रमित हुने र मृत्यु हुनेको संख्या क्रमसः ११ लाख ७२ हजार ८ सय ८९ र ६३ हजार ८ सय ८६(मृत्यु) पुगेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप