केन्द्रीय संस्करण

एनआरएन अस्ट्रेलियाद्वारा २०० जना विद्यार्थीलाई एक साताका लागि खानाको व्यवस्था

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले २ सयजना विद्यार्थीलाई एकसाताको लागि खानाको व्यवस्था गरेको छ । संघले प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरेको हो । 

नेपाली विद्यार्थीको बाक्लो उपस्थिति रहेको अस्ष्ट्रेलियामा उनीहरुको समस्यालाई मध्यनजर गर्दै एनआरएनएले सहयोग गरेको जनाएको छ । सहयोगका लागि अनलाइन फर्मको निर्माण गरिएको र अहिलेसम्म ८ सय जनाको सहयोगका निम्ति आवेदन परेको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिए । 

सहयोगका लागि अस्ट्रेलियामा दूतावास संरक्षक, संघका अध्यक्ष संयोजक, १५ वटा स्थानीय संघसंस्था उपसंयोजक तथा अन्य १५० संघसंस्था सदस्य रहेको एक राहत समिति निर्माण गरिएको छ । सो समितिमा सहयोगका लागि आवेदन दिने अन्यलाई पनि समेटिँदै लगिने बताइएको छ । 

हालसम्म सहयोगका लागि २० हजार डलरको राहतकोष स्थापना गरिएको र थप २० हजार डलर थपिने क्रममा रहेको पन्तले जानकारी दिए ।  एनसीसी अस्ट्रेलियाले नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउन रु ५ लाख अन्तर्राष्ट्रिय समन्वय परिषदमा योगदान गरेको पनि बताएको छ । 

यो संकटपूर्ण घडीमा आफै जोखिम मोलेर सहायताका लागि जुट्ने र अन्य प्रकारको योगदान गर्ने सम्पूर्णप्रति एनआरएनएले आभार प्रकट गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.