शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाइडेनद्वारा ट्रम्पको इरान नीतिको विरोध

शनिबार, २२ चैत २०७६, २३ : ०९
शनिबार, २२ चैत २०७६

एजेन्सी । अमेरिकाका पूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवारका प्रवल आकाङ्क्षी जो बाइडेनले इरानमा कोरोनाभाइरस (कोभिड–१९) प्रकोपको समय लगाइएको अमेरिकी प्रतिबन्ध कम गर्नका लागि आह्वान गरेका छन् ।

एक विज्ञप्तिमार्फत बाइडेनले भने, ‘मानवीय सहयोगको आपूर्तिलाई अमेरिकी प्रतिबन्धबाट मुक्त गरिएको थियो तर अमेरिकी तर स्वास्थ्य सङ्कटका समय इरानमा सहयोग पुग्नमा प्रतिबनधका कारण कठिनाई भएको भन्दै यसको सर्वत्र आलोचना भएका समय वाइडेनको यो भनाई सार्वजनिक भएको हो ।’

कोरोनाभाइरसका कारण विश्वका केही बढी प्रभावित मुलुकको सूचीमा रहेको इरानमा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या ५५ हजार ७४३ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । इरानमा कोरोनाभाइरस परिक्षण किटको अभावका कारण ठूलो सङ्ख्यामा परीक्षण हुन नसकेको भन्ने भनाइहरू आइरहेका समय प्रतिबन्धलाई थप सहज गर्नुपर्ने बाइडेनको धारणा आएको हो ।

सन् २०१५ को आणविक सम्झौताबाट टाढा हिडेकोमा बाइडेनले ट्रम्प प्रशासनको आलोचना गर्दै भने, ‘तेहरानमा वाशिङ्टनको अधिकतम दबाबको नीतिले इरानलाई अझ आक्रामक बनाएको छ ।’

‘विश्वव्यापी स्वास्थ्य सङ्कटमा आवश्यक मानवीय सहायताको पहुँचमा रोक लगाएर क्रुरतासँग जोड्नको कुनै मतलब छैन’ उनले भने । उनले देशको प्रकोपको बारेमा जानकारी लुकाउनका लागि इरानी अधिकारीहरूको आलोचना गर्नुभयो साथै इरानी जनतालाई अमेरिकाले सहयोग पु¥याउनुपर्नेमा पनि जोड दिए । यसभन्दा पहिले, डेमोक्र्याटिकको राष्ट्रिपतीय निर्वाचन अभियानका प्रतिस्पर्धी बर्नी स्यान्डरले पनि अमेरिकी प्रतिबन्धले इरानमा ‘मानव दुःख’ लाई योगदान पु¥याइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप