केन्द्रीय संस्करण

फ्रान्समा खुद्रा पसलभित्र प्रवेश गरी अन्धाधुन्ध आक्रमण, २ जनाको मृत्यु

person explore access_timeचैत २२, २०७६ chat_bubble_outline0
file photo

एजेन्सी । फ्रान्सको दक्षिणपूर्वमा रहेको सहरमा एक व्यक्तिले शनिबार धारिलो हतियार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य चारजना सख्त घाइते बनेका छन् ।

प्रहरीले आक्रमणका पछाडि आतङ्कवादी समूहको संलग्नतलाई खारेज गरेको छ । आक्रमण किन र कसले गराएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो ।

प्रारम्भिक रिपोर्टअनुसार आक्रमणकारीले ग्रेनोबल नजिकैको सहर रोमान्स सरआइजरस्थित एक सुर्तीजन्य उत्पादन विक्री गर्ने खुद्रा पसलमा प्रवेश गरी पसल धनी र त्यहाँ भएका उनका ग्राहकमाथि धारिलो हतियारद्वारा आक्रमण गरेको बुझिएको छ । आक्रमणकारीले उक्त स्थानपछि फेरि एक मासु पसलमा पुगी थप व्यक्तिमाथि आक्रमण गरेको प्रहरीले प्रत्यक्षदर्शी स्थानीयलाई उद्धृत गर्दै जानकारी दिएको छ । आक्रमणको उद्देश्य अझै थाहा हुन सकेको छैन ।

आक्रमणकारी सुडानमा जन्मिएका ३३ वर्षीय युवक रहेका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । यसैबीच राष्ट्रपति इम्यानुयल म्याक्रोँले आक्रमणप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘यतिबेला म आक्रमण भएको रोमन्स सरआइजरवासीहरूसँग पीडा व्यक्त गर्न चाहन्छु । मृतकप्रति सम्मान व्यक्तगर्दै उनीहरूका परिवारजनलाई समवेदना व्यक्त गर्दछु । घाइतेहरूको उपचारको सहज व्यवस्थाका लागि पनि स्थानीय प्रशासनलाई आग्रह गर्दछु ।’

राष्ट्रपतिले घटनाबारे छानविन गरी छिट्टै तथ्य बाहिर आउनेमा उनले मृतकका परिवार तथा घाइतेजनलाई विश्वस्त पारेका छन् ।आजै गृहमन्त्री क्रिस्टोफर कासनर स्थानीय समयअनुसार अपरान्ह् ४ बजे घटनास्थलमा पुग्ने बताइएको छ । विश्वव्यापी कोरोनाभाइरसको सङ्क्रमणका कारण फ्रान्समा अहिले लकडाउन भैरहेको छ भने अति आवश्यकीय कामबाहेक अन्यथा घरबाहिर ननिस्कन यहाँको प्रशासनले नागरिकलाई आग्रह गरेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.