शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खाडी मुलुक कोराना अपडेटः युएईमा शनिबार २४१ जनामा संक्रमण पुष्टि, अरु देशको अवस्था के छ ?

शनिबार, २२ चैत २०७६, २२ : १८
शनिबार, २२ चैत २०७६

युएईमा आज (शनिवार) २४१ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। यो सँगै युएईमा संक्रमितको संख्या १५०५ पुगेको छ।

आज त्यहाँ थप १ जनाको मृत्यु भएको छ। योसँगै युएईमा मृत्यु हुनेको संख्या १० पुगेको छ।आज थप नयाँ १७ जनासँगै १२५ जनाले स्वास्थ्यलाभ गरेका छन्।

यसैगरि कुवेतमा ६२ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएसँगै कूल संक्रमितको संख्या ४७९ जना पुगेको छ। कोरोनाका कारण एक जनाको मृत्यु भएको छ भने ९३ जना निको भएका छन्।

साउदी अरबमा १४० जना नयाँ कोरना भाइरस संक्रमित भेटिएका छन्। योसँगै साउदी अरबमा पनि संक्रमितको संख्या २१७९ जना पुगेको छ। २९ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ४२० जना निको भएर घर फर्केका छन्।
 
यसैगरि कतारमा १०७० जना कोरोना संक्रमित फेला परेका छन्। ९३ जनाले स्वास्थ्य लाभ गरेका छन, भने ३ जनाको मृत्यु भएको छ।

ओमनमा कोरोना संक्रमणले १ जनाको ज्यान गएको छ। २५ जना नयाँ कोरना भाइरस संक्रमित भेटिएसँगै  टोटल कोरोना संक्रमित संख्या २७७ पुगेको छ। ६१ जना संक्रमणबाट निको भएका छन्।

यसैगरि बहराइनमा १६ जना नयाँ कोरोना भाईरस (कोभिड–१९) संक्रमित भेटिएका छन्। योसँगै बहराइनमा कोरोना संक्रमितको संख्या ६८८ पुगेको छ। संक्रमित मध्ये ३९९ जना निको भएका छन् भने ४ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप