कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टिङ विधिबाट कोरोना परीक्षण गरिने
शनिबार, २२ चैत २०७६, २० : ४७
काठमाडौं । सरकारले पछिल्लो पटक कोरोना भाइरसको संक्रमण देखिएका कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टिङ विधिबाट धेरैभन्दा धेरै कोरोना आशंका गरिएका व्यक्तिमा परीक्षण गर्ने निर्णय गरेको छ ।
सो जिल्लामा कोरोनाको संक्रमण अन्त पनि फैलिएको हुनसक्ने आशंका गर्दै सरकारले यस्तो निर्णय गरेको हो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा नयाँ केस देखिएको र अरु व्यक्ति पनि संक्रमति हुनसक्ने सम्भावनालाई ध्यान दिँदै र्यापिड टेस्ट गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
उनले त्यसपछि पीसीआर बिधिबाट पुनःपरीक्षण गर्ने भन्दै तीन जिल्लामा र्यापिड टेस्तको प्रक्रिया तत्काल अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा