बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ईटा भट्टाको पोखरीमा डुबेर मजदुरको मृत्यु

शनिबार, २२ चैत २०७६, २० : ३०
शनिबार, २२ चैत २०७६

भक्तपुर । ईटा भट्टाले बनाएको पोखरीमा डुबेर भक्तपुरमा एक जना मजदुरको मृत्यु भएको छ । 

आइतवार दिउँसो एक बजेतिर चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित चारपाटे विएम भट्टामा इट्टा बनाउनको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा एक मजदुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

पोखरीमा पौडी खेल्ने क्रममा डुवेर उदयपुर त्रियुगा नगरपालिका वडा नं. ४ आँपटार घर भई हाल सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा राई बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुन साथ महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक राज कुमार थापाको कमाण्डमा गएको प्रहरी टोलीले स्काभेटर लगाएर पोखरीको पानी कम गराएको थियो । 

पानी कम भएपछि प्रहरीले राईको शव फेला पारेको थियो । शव पोष्टएमार्टमका लागि भक्तपुर अस्पताल दुधपाटी पठाई घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप