बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पीपीई जथाभावी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

शनिबार, २२ चैत २०७६, २० : २१
शनिबार, २२ चैत २०७६

सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पीपीई) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ ।  शनिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीपीई अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गरे ।

उनले पीपीई धेरैले नभएकाले बिरामीलाई मात्र  समुचित प्रयोग गर्न आग्रह गरे । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड– १९ को सङ्क्रमण दिनप्रतिदिन देखिन थालेकाले नमूना परीक्षणको दायरासमेत बढाइ क्वारेन्टाइन अवधि बढाइने जानकारी दिए । 

आज कैलालीमा दुई जना र कञ्चनपुरमा एक जना थप सङ्क्रमित देखिएका हुन् । कैलालीमा दुई जनामध्ये एक जना महिला पहिले सङ्क्रमित रहेको परिवारका सदस्य रहेको उनले बताए। 

“ महिला बाहिर कहीँबाट आएको देखिँदैन । पहिले धनगढीमा देखिएको परिवारका सदस्य हुन्” उनले भने ।

उनका अनुसार सङ्क्रमण देखिएका तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उहाँले एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनमा बस्न सर्वसाधारणलाई आग्रह गरे । 

उनले स्थानीय मानिसमा पनि सङ्क्रमण देखिएकोले क्वारेन्टाइनको अवधि बढ्ने बताए । डा। देवकोटाका अनुसार अहिलेसम्म एक हजार ४४१ को नमूना परीक्षण भएको छ भने १५ जना काठमाडौँमा र ५४ जना उपत्यका बाहिर आइसोलेसनमा रहेका छन् । 

यसैगरी मन्त्रालयको दुई वटा कल सेन्टरमा आज मात्र तीन हजार ४६५ जनाले प्रश्न सोधेका छन् । यसैगरी मन्त्रालयको वेबसाइट र मोबाइल एपमा राखिएको कोभिड– १९ को फाराम आफैले भरेर पठाउने छ हजार ५२७ जनामध्ये १२६ लाई रेड जोनमा राखिएको छ । 

परीक्षणका क्रममा ती मानिसमा ज्वरो, रुघाखोकी आउने गरेको उहाँले बताउनुभयो । यसैगरी चितवन र बुटवलमा भोलि आइतबारदेखि कोभिड– १९ परीक्षण गरिनेछ । जनकपुर, हेटौँडा, धरान, पोखरा, धनगढी र सुर्खेतबाट यसअघि नै परीक्षण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप