शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मजदुरलाई  राहत दिन प्रभुु साहको माग

शनिबार, २२ चैत २०७६, २० : ०५
शनिबार, २२ चैत २०७६

रौतहट । नेपाल कम्युनिष्ट प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले काठमाडौमा रहेका बाहिरका दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई पनि राहतको व्यवस्था गर्न माग गरेका छन् ।  कोभिड–१९ कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारले दोश्रोपटक गरेको लकडाउनका कारण विभिन्न रोजगारीमा गएका मजदुरहरु काठमाडौंबाट घर फर्किन सकेका छैनन् ।

दैनिक ल्यालादारी गर्ने लाखौंलाख नेपाली मजदुर भोकभोकै मर्ने स्थिति आउन सक्ने साहको ठहर छ । नेता साहले काठमाडौं आफ्नो क्षेत्रभित्रमात्र राहत संकलन गरेको बताउँदै उनले महानगरको विभेदकारी नीतिप्रति दुख व्यक्त गरे । यो संकटको घडीमा महानगर गैरजिम्मेवार भएको टिप्पणी समेत गरे ।

लकडाउनका कारण डेरामा बस्न बाध्य उनीहरुले काम नगर्दा भोकै बस्नुपर्ने स्थिति आएको हो । सरकारले मजदुर तथा अभावमा रहेका डेरावाल विद्यार्थी, गृहिणी, मजदुर लगायतका सबैलाई राहत उपलब्ध गराउन नेता साहले माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप