शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'भुलबस कुनै गल्ती भए सहुँला, संकटमा छरपस्ट नहोऔ'

शनिबार, २२ चैत २०७६, १९ : २७
शनिबार, २२ चैत २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संकटका बेला एक अर्काविरुद्ध छरपस्ट नहुन आग्रह गरेको छन् ।

शनिबार समाजिक सञ्जाल फेसबुकमा मन्त्री भट्टराईले भने, 'यो सँकटकालीन र बिशेष अवस्था हो, यो आम चुनावको प्रचार अभियान होइन । जहाँ एउटा पार्टीले अर्को पार्टीका बिरुद्ध र एउटा उम्मेदवारले अर्को उम्मेदवारका बिरुद्ध आरोप र प्रत्यारोप झै संचार माध्यममा छरपस्ट नहोऔ ।'

यो पार्टी भित्रका मत मतान्तरलाई सार्वजनिक बहस गरेर पार्टी र मुलुकको एकतालाई कमजोर बनाउने बेला नभएको उनको भनाइ छ ।

चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमिता आएको भन्दै सत्ता रुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी दलका नेताहरु सरकारको चर्को विरोध गरिरहेको छन् ।

उनल त्यसप्रति इगित गर्दै थप लेखेका छन्, 'पार्टीको महाधिबेशन घोषणा भएको छैन् । समयलाई पर्खौ ।  मानब जाति, देश, समाज, पार्टी, परिवार र ब्यक्तिको अस्तित्व रहने कि नरहने ? मानव सभ्यता नै समाप्त हुने हो कि ? भन्ने खतरा रहेको अवस्थामा निजी र तुच्छ स्वार्थका लागि आफ्नै भबिश्यलाई दाउमा नराखौ ।' 

आफू बाच्न र मानव जातिको रक्षाका लागि एकताबद्ध हुन मन्त्री भट्टराईको आग्रह छ । स्वास्थ्य सामग्री खरिदमा अनियमिति गर्ने माथि कारबाहीको माग उठिरहको बेला उनले भने, 'आफू बाचौं र मानव जातिको रक्षा गरौ । एकताबद्ध होऔ । जब ढुक्कसँग बाचिन्छ तब कसले कसलाई कारबाही गर्ने हो गरौला ।'

यद्यपि उनले काम गर्दा भुलबस कुनै गल्ती भएको सहन  तयार रहको बताए ।  मन्त्री भट्टराई भने, 'नियतमा कुनै खोट छैन । असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला । आजलाई यत्ति ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप