बेलायतमा कोरोनाबाट ४ हजार ३ सय ५३ को मृत्यु
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ५३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमणका कारण ७ सय ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य विभागले जनाए अनुसार अहिलेसम्म ४१ हजार ९ सय ३ जना कोरोना भाइरसको शिकार बनिसकेका छन् ।
संक्रमित हुनेको संख्या हिजोसम्म ३८ हजार १ सय ६८ रहेको थियो । कोरोना संक्रमितको संख्या दैनिक १७ प्रतिशतको बढ्ने गरेको बताइएको छ । बढ्दो संक्रमणलाई ध्यानमा राख्दै लकडाउनको पूर्ण रुपमा पालना गर्न सरकारले बेलायतवासीलाई कडा चेतावनी दिंदै आइरहेको छ ।
यस विकेन्डमा बेलायतको तापक्रम यस वर्ष पहिलोपटक २० डिग्री सम्म पुग्ने अनुमान गरिएले पार्क लगायतका स्थानहरुमा नजान सरकारले अनुरोध गरेको छ । अझै पनि कतिपय बेलायतवासीहरुले सोशिएल डिस्टान्सिंगको पालना नगरेको सरकारले आरोप लगाएको छ । बेलायतकी नर्स प्रमुख रुथ मेले हिजोमात्र कोरोनाबाट मृत्यु भएका दुई नर्सहरुको सम्झना गर्दै सबैजनालाई घरमा नै बस्न आग्रह गरेकी छन् ।
विश्वभरीमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या ६१ हजार नाघिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने