सर्लाहीमा आगलागी हुँदा ४ घर जलेर नष्ट
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट रु ४२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हरिवन—२ अत्रौली स्कूल टोलमा स्थानीय रामबाबु महतोको घरको बिजुली चुहावट हुँदा आगलागी भएको थियो ।
आगलागीबाट रामबाबुको घरसँगै अरु तीन वटा घर पनि जलेको छ । आगलागीबाट रामबाबु महतोको काठ र खपडाले बनेको दुईतले घर पूर्णरुपमा जल्दा रु २० लाखको क्षति भएको छ । त्यस्तै निजको छोरा राजकिशोर महतोको एकतले कच्ची घर पनि पूर्णरुपमा जलेर रु पाँच लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट स्थानीय लालबाबु महतोको एकतले घर जलेर रु १५ लाख बराबरको क्षति भएको छ भने स्थानीय रामजनम हताको दुईतले घरको आधा भाग जलेर नष्ट भएको छ । आगलागीबाट उनको रु दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगो हरिवन इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
यसैबीच जिल्लाको धनकौल गाउँपालिकामा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा तीन जनाको फुसको घर जलेर नष्ट भएको छ । धनकौल गाउँपालिका–२ निवासी रामप्रसाद रायले बालेको घुरबाट आगलागी हुँदा निजको फुसको घर जल्नुका साथै उनको छिमेकी जादु राय र कैलाश रायको फुसको घर शुक्रबार राति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आगलागीबाट रु ७५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको स्थानीयवासी राजेश झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला