शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि हुन्डाइको सर्भिसः सवारीसाधन मर्मत गर्नुपरेमा कम्पनीलाई खवर गर्नुहोस्

शनिबार, २२ चैत २०७६, १७ : ५२
शनिबार, २२ चैत २०७६

काठमाडौं– नेपालको लागि हुन्डाई मोटर्सको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई केयर’ नामक एक नयाँ कार्यक्रमको सुरुवात गरेको छ । 

हालको समयमा कोरोनाभाइरसले निम्त्याएको संकटलाई मध्यनजर गरी यो कार्यक्रमको सुरुवात गरेको हो । जसले हुन्डाइका ग्राहकहरुलाई यस कठिन समयमा आफ्नो सवारीसाधनको मर्मतमा कुनै पनि कठिनाइहरू आएमा सहायता प्रदान गर्नेछ ।

‘हुन्डाई केयर’ कार्यक्रमले वास्तविक वारेन्टी भएका सबै हुन्डाइ गाडीको वारेन्टी दुई महिना थप्ने सुनिस्चित गरेको छ । यस अफरमा निस्शुल्क सेवा, आधारभूत वाहन वारेन्टी र एएमसी सेवाहरू समावेश गरिने जनाएको छ । 

हुन्डाइले आफ्नो ग्राहकहरुको स्वास्थ्यलाई प्राथमिकता दिनुको साथै आफ्नो कम्पनीको दायित्व हेरी नयाँ कार्यक्रम ल्याइएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप