शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथामका लागि मेगा बैंकको सहयोग, प्रदेश १ र २ लाई ५/५ लाख

शनिबार, २२ चैत २०७६, १७ : ३४
शनिबार, २२ चैत २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ । 

मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । 

यसैगरी, मेगा बैंक जनकपुर शाखाका प्रबन्धक गलेक यादवले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे । 

मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको हो । मेगा बैंकले केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप