शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शोक दिवसमा चिनियाँ डिजिटल प्रकाशन ब्ल्याक एन् ह्वाइट

शनिबार, २२ चैत २०७६, १४ : ५१
शनिबार, २२ चैत २०७६

एजेन्सी । शनिबार चीनका सरकारी डिजिटल प्रकाशनहरु ब्ल्याक एन हवाइट बनाइएका छन् । कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा सरकारले शनिबार शोक दिवस मनाउने घोषणा गरेपछि ग्लोबल टाइम्स, पिपुल्स डेल्ली, सिन्हा लगायतका सरकारी डिजिटल प्रकाशनहरु  ब्ल्याक एन ह्वाइटका रुपमा प्रकाशित गरिएका हुन् । 

स्मृति दिवस मनाउने क्रममा स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म देशभर मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो । 

मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो ।  मौनधारण कार्यक्रम चीन बाहिर रहेका कुटनितिक निकायहरुमा समेत गरिएको थियो । यस कार्यक्रममा करौडौ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप