शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्‍यो

शनिबार, २२ चैत २०७६, १३ : ४४
शनिबार, २२ चैत २०७६

काठमाडौं । नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको पुष्टि भएको छ । यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोनाको संक्रमण पुष्टि भएकोमा पहिलो पटक देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

 

 


मन्त्रालयका अनुसार कैलालीको धनगढीकी ३४ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको छ।  ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । ती पुरुष दुबईबाट नेपाल आएका थिए ।


 मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा पनि कोरोना भाइरस पुष्टि भएको छ । 

यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ । 

थप तीन जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । त्यसमा एक जना निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोनाको संक्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आगामी चैत २५ गतेसम्मका लागि लकडाउन घोषणा गरेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप