जताजतै कोरोना त्रासः बुटवल कृषि उपज केन्द्रमा भने बेपर्वाह भिडभाड (फोटोफिचर )
बुटवल । देशमा कोरोना भाइरसको संक्रमणको त्रास छाइरहेको बेला बुटवलस्थित कृषि उपज केन्द्रमा बेपर्वाह रुपमा भिडभाड छ ।
खासगरी भारतका विभिन्न स्थानबाट मालवाहक गाडी कृषि उपज तथा थोक बजार केन् मा धमाधम आउने गरेका छन् । यस्तै मान्छेहरुको भिडभाड पनि उस्तै रुपमा छ । थोक बजार केन्द्र भएपनि त्यहाँ अहिले हाट बजार जस्तै बिहानको समय स्थानीय उपभोक्ता तरकारी खरिद भन्दै पुग्ने गर्छन् । अन्य व्यापारीहरु त हुने नै भए ।
व्यवस्थापनको जिम्मेवारी पाएको बुटवल उपमहानगरपालिका र प्रदेश ५ सरकारको कृषि विकास निर्देशनालको भएको सो उपज केन्द्र बिहान ४ बजेदेखि खुल्ने गर्छ ।
जहाँ ९ बजेसम्म भिडभाड हुने लुम्बिनी फलफूल तरकारी थोक व्यसायिक संघका पूर्वअध्यक्ष तथा सल्लाहकार केशव कुँवरले जानकारी दिए ।
बढी भीडभाड हुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । यसो त विषादी परिक्षण बिनै त्यहाँ दैनिक ३० देखि ४० ट्रकहरु कृषि उपज भारतबाट आएका छन् भने दैनिक ३ करोडको कारोवार हुने गरेको छ ।
भारतबाट खासगरी करेला , टमाटर , भिन्डी ,कागती आउने गरेको लुम्बिनी फलफूल तरकारी थोक व्यसायिक संघका वरिष्ठ उपाध्यक्ष मोहम्द याकुवले बताए । यस्तै प्रशस्तमात्रामा फलफुल पनि आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?