पत्रकारका लागि राहात प्याकेज माग
शनिबार, २२ चैत २०७६, १२ : ५२
कैलाली । कोरोना भाइरसको महामारीको प्रवाह नगरी फ्रन्टलाइन रहेर नागरिकलाई सुसूचित गर्ने पत्रकारका लागि विशेष राहातको प्याकेज ल्याउन माग गरिएको छ ।
शनिबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले विज्ञप्ति प्रकाशित गरी सो कुराको माग गरेका हो ।
महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी झै पत्रकारले पनि फ्रन्टलाइनरका रुपमा रहेर काम गरिरहेकाले महामारी रोकथामको टास्कमा संचारमाध्यमको परिचालन गर्न नीति तथा योजना सहितको विशेष प्याकेज ल्याउन सरकारसँग माग गरिएको छ ।
सुदूरपश्चिममा महामारी नियन्त्रण तथा रोकथामको मुल नेतृत्व गरिरहेको प्रदेश सरकारले संकटबाट पार पाउनका लागि आमसञ्चार क्षेत्रलाई अझ सशक्त र योजनावद्ध रुपमा उपयोग गर्न हातेमालो गर्नुपर्ने खाँचो महसुस भएको समेत विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की