ओखलढुंगाका दुई युवतीको रिपोर्ट नेगेटिभ
कोरोनाको आशंकामा आईसोलेशनमा रहेका ओखलढुंगाका दुई युवतीको रिपोर्ट नेगेटिभ आएको छ ।
भारतबाट आएका ती युवतीहरुमा एक हप्तापछि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि गत बुधबारबाट ओखलढुंगा सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको थियो । उनीहरुहरुको कोरोनो संक्रमणको आशंकामा बिहीबार स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ कार्यालयका प्रमुख सुमन तिवारीले बताए ।
उनीहरुमध्ये एकजना युवती गत चैत ८ गते र अर्का एकजना ९ गतेमात्र भारतबाट ओखलढुंगा आएको पाइएको छ । हाल अस्पतालको आईसोलेशनमा रहेका १८ र १९ बर्षिय ती दुई युवतीहरुको स्वस्थ्य अवस्था समान्य रहेको छ । उनीहरुलाई आजै ओखलढुंगा क्याम्पसको क्वारेन्टीनमा ल्याउने तयारी गरिएको प्रमुख तिवारीले बताए । जिल्लामा हाल १२ जना युवायुवती क्वारेन्टीनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै