शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबारे सामाजिक सञ्जालमा अफबाह फैलाउने युवक पक्राउ

शनिबार, २२ चैत २०७६, १० : ३८
शनिबार, २२ चैत २०७६

काठमाडौँ । सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोपाल सुनार रहेका छन् । 

सामाजिक सञ्जालमा गलत हल्ला फैलाउने सुनारलाई शुक्रवार बेलुका
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । 

महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सुनारले अफवाह फैलाएको कञ्चनपुर प्रहरीले जनाएको छ । 

सुनारले शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर पोष्ट गरेका थिए । 

कोरोनाबारे सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप