कविता : म घर खोजिरहेछु

तिमीले घरभित्रै बस्ने
आदेश दियौ
म बेघरबार
एउटा गुन्टामा सिङ्गो पृथ्वीको भार
शिरमा अड्याएर
आफ्नै देशभित्र
निर्वासित पैतालाले
घर खोज्दै हिँडिरहेको छु
अनुमति छैन
एक मिटर पनि हिँड्न
म सयौं माइलको यात्रा
घरभित्रै बस्ने
तिम्रै आदेश पालना गर्न
घर खोज्दै हिँडिरहेको छु
मुसाको दूलोमा अटाउँदिनँ
चराको गुँडमा रहन सक्दिनँ
पानीभित्र पसेँ भने निस्सासिन्छु
जङ्गलभित्र छिरेँ भने
आतङ्ककारी भनेर
तिमी नै गोली ठोक्छौ
त्यसैले घरभित्रै बस्न
म घर खोज्दै हिँडिरहेको छु
मैले पाएको सुरक्षित ओत
आमाको गर्भ बाहेक
अरू ठाउँ भएन
जहाँ फेरि म
फर्कन सक्दिनँ
त्यसैले घरभित्रै बस्ने
तिम्रो आदेश पालना गर्न
म घर खोज्दै हिँडिरहेको छु
आदेश उलङ्घनको भरपाइमा
लैजाऊ मलाई कारागार र
थुन झ्याल नभएको कालकोठरीमा
जुन बन्नेछ
केही बेरका लागि भए पनि
मेरो घर
जसले टुङ्याइदिनेछ
मेरो घर खोज्ने यात्रा र
हुनेछ शतप्रतिशत
तिम्रो घरभित्रै बस भन्ने
बेजोडको आदेश पालना ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता