फ्लिक बायर्नको पूर्णकालिन प्रशिक्षक
जर्मन क्लब बायर्न म्युनिखले हान्सी फ्लिकलाई पूर्णकालिन प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघि अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका फ्लिकलाई क्लबले सुक्रबार पूर्णकालिन प्रशिक्षकमा नियुक्त गरेको हो । फ्लिक बायर्नका पूर्व खेलाडी पनि हुन् ।
५५ बर्षीय फ्लिकसँग बायर्नले सन् २०२३ सम्मका लागि सम्झौता गरेको छ । सिजनको सुरुवातमा निको कोभाकको सहायक प्रशिक्षकको रुपमा रहेका फ्लिक ६ महिनापछि पूर्णकालिन प्रशिक्षक बनेका हुन् । बायर्नले गत नोभेम्बरमा प्रशिक्षक कोभाकलाई बर्खास्त गरेको थियो । सिजनको सुरुमा बायर्नले खराव प्रदर्शन गरेको भन्दै कोभाकलाई बर्खास्त गरेपछि फ्लिकले अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।
फ्लिकले प्रशिक्षण सम्हाल्दा बुन्डेस लिगाको चौथो स्थानमा रहेको बायर्न अहिले शीर्ष स्थानमा छ । बायर्नले २५ खेलबाट ५५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ५१ अंक छ । बायर्न आफ्ना पूर्व मिडफिल्डर फ्लिकको प्रशिक्षणमा यस सिजनको उपाधि जित्ने लक्ष्यमा देखिएको छ ।
फ्लिकले बायर्नबाट एक सय चार खेल खेलेका थिए । चोटका कारण उनले सन् १९९३ मा सन्न्यास लिएका थिए । फ्लिक बायर्नमा आवद्ध हुनुअघि जर्मन टोलीको सहायक प्रशिक्षक थिए । उनले जोचिम लोउको नेतृत्वमा सन् २००६ देखि २०१४ सम्म सहायक प्रशिक्षकको काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण