कोरोनासँगको महायुद्ध र त्यसको प्रभाव
प्रसङ्ग
मानव विकासको इतिहासमा कैयौँ प्राकृतिक विपत्तिहरु आए । सयौँ सभ्यताहरु नष्ट भए । मान्छे लगायत जीवजन्तु विलिन भए । पुनः लामो समयको अन्तरालपछि फेरि विकासको गति अघि बढ्यो । हाम्रा पुराणमा वर्णित रामायण महाभारतकालीन सभ्यता पनि त लिखित ग्रन्थहरुमा मात्रै पाइन्छ । ठूलाठूला जङ्गलभित्र इनार, भाँडाकुँडा, हतियार जस्ता मानव निर्मित अवशेषहरु अझै पाइन्छन् । प्रकृतिमाथि आश्रित मान्छे जब आफैँ प्रकृतिको शत्रु भएर अतिगतिशील हुन्छ, तब प्राकृतिक विपत्ति आउँछ । बाढी, पहिरो, आँधीबेहरीको प्रकोप र समय समयमा हुँदै आएका छन् । यस्तै आकस्मिक रूपमा महामारीको प्रकोप पनि हुँदै आइरहेका छन् ।
प्रवेश
अहिले विश्व मानव समुदाय एउटै मोर्चामा उभिएर कोरोना महामारी विरुद्ध लडिरहेको छ । यस भन्दाअघि पनि अनेक प्रकारका ज्वरो, प्लेग, केही वर्ष पहिले मात्र सार्सको प्रकोपसँग मानव जाति जुधेकै हो । यस्ता महामारीले जात, धर्म, लिङ्ग, विचार, भूगोल केही छुट्याउँदैन । यी नितान्त मानव जातिविरुद्ध आक्रमक बनेर आउँछन् र मानव जाति तीविरुद्ध एक भएर लड्छन् ।
यो अवस्था पहिलो विश्वयुद्ध जस्तो होइन न त हो त्रिपलअन्ताँ र त्रिपलएलाइन्स बीचको मानवसिर्जित त्राहीमाम । मान्छेले आफ्नो स्वार्थका लागि त्यत्रो औधी मान्छे मार्यो र बाँच्नेको जीवन पनि कष्टसध्य बनायो । तर यो महामारीमा ती महाशत्रुहरु एउटै पक्षमा छन् किनभने महामारीले उनीहरु कसैलाई चिन्दैन र छुट्याउँदैन पनि ।
यो अवस्था पहिलो विश्वयुद्ध जस्तो होइन न त हो त्रिपलअन्ताँ र त्रिपलएलाइन्स बीचको मानवसिर्जित त्राहीमाम । मान्छेले आफ्नो स्वार्थका लागि त्यत्रो औधी मान्छे मार्यो र बाँच्नेको जीवन पनि कष्टसध्य बनायो । तर यो महामारीमा ती महाशत्रुहरु एउटै पक्षमा छन् किनभने महामारीले उनीहरु कसैलाई चिन्दैन र छुट्याउँदैन पनि । संसारमा शक्तिशाली मुलुक अमेरिका, चीन, रुस, भारत लगायत युरोपका वैभवशाली मुलुकहरुलाई गुहार गुहार बनाएको छ आज यस भाइरसले । चन्द्रमामा कित्ताकाट गरेर गरेर बस्ती बसाउने योजना बनाइरहेका मङ्गल ग्रहमा मान्छे उतारिसकेका र संसार ध्वस्त पार्ने अणुबम बनाइसकेका शक्तिशालीहरूलाई आज सानो कोरोनाले झुकाएको छ ।
मानिसको क्षमता सङ्कटका बेला देखिन्छ भन्ने नेपाली भनाइ निकै सार्थक छ । कोरोना सङ्कटले कति व्यक्तित्वको युगनास हुने र कति व्यक्तित्व नयाँ ढङ्गले उदय हुने सम्भावना छ । दुईवटा विश्वयुद्ध, सोभियत सङ्घको विघटन र बार्लिनको पर्खाल भत्कँदाभन्दा धेरै ठूलो त्रासदी र मानवीय सङ्कट आएको छ ।
युद्धमैदानमा
यतिबेला २०४ वटा देशभन्दा बढीका मानिसहरु कोरोनासँगको युद्ध मैदानमा छन् । एचआईभी एड्सको औषधि पत्ता लगाउने दक्षिण अफ्रिकी वैज्ञानिक गीता रामजीले कोरोनासँगको युद्धमा पराजित भई गत ३१ मार्चमा ६४ वर्षको उमेरमै अन्तिम सास फेरिन् । संसारमा एड्स पीडितलाई बचाउने व्यक्तित्वलाई कोरोनाले खायो । २०१९ डिसेम्बर १५ का दिन चीनको उहान सहरमा एउटी महिलामा सङ्क्रमण भेटिएको कोरोनासँगको युद्धमा चीनले कठोरतासाथ विजय हासिल गर्दैछ । अहिले युरोप र अमेरिकाको वैभवशाली अवस्था र उच्च स्तरको स्वास्थ सुविधा भएका मुलुकहरु इटाली, बेलायत, फ्रन्स, स्विजरल्यान्ड, जर्मनी, मध्यपूर्वका मुलुकहरु यस महासमरमा लडिरहेका छन् । सबैभन्दा धेरै इटालीबासीले ज्यान गुमाएका छन् भने अमेरिकामा धेरै सङ्क्रमित भएका छन् । त्यहाँ १ लाखभन्दा बढीको ज्यान जान सक्ने कुरा विज्ञहरु बताइरहेका छन् । अस्टेकलिया अफ्रिका र दक्षिण एसियामा पनि यसको प्रकोप तीव्र बनिरहेको छ । प्रमुख सचेतनाको उपाय लकडाउन गरेर सामाजिक दूरी कायम गर्ने अभ्यासमा प्रायः सबै मुलुक लागेका छन् ।
यो महामारी हो । यसमा लेखनाथको ‘काल महिमा’ कविता सार्थक भइरहेको छ ।
‘लाखौं औषधि अस्त्रशस्त्र महिमा देखेर डर्दैन त्यो ।
व्याधातुल्य लुकेर हिँड्दछ सदा मारेर मर्दैन त्यो ।”
कुनै औषधिले यसलाई नछुने भएकाले विज्ञानकै ठूलो चुनौती बनिरहेको छ । जर्मनका एउटा प्रान्तीय अर्थमन्त्रीले आत्महत्या गरे । इटालीमा कोरोना सङ्क्रमितको उपचारमा अहोरात्र खट्ने नर्सलाई कोरोना सङ्क्रमणको पुष्टि भएपछि अरू धेरैलाई यो रोग सरेर ज्यान लिनुभन्दा म आफै मर्छु भन्ने मृत्युपत्र लेखेर आत्महत्या गरेको खबरले धेरैको मनमा पीडा भयो । बेलायतका उच्च नेतृत्व वर्ग लगायत संसारका थुप्रै नेता डाक्टरहरु यसको युुद्धमा हारिसकेका छन् ।
कुनै औषधिले यसलाई नछुने भएकाले विज्ञानकै ठूलो चुनौती बनिरहेको छ । जर्मनका एउटा प्रान्तीय अर्थमन्त्रीले आत्महत्या गरे । इटालीमा कोरोना सङ्क्रमितको उपचारमा अहोरात्र खट्ने नर्सलाई कोरोना सङ्क्रमणको पुष्टि भएपछि अरू धेरैलाई यो रोग सरेर ज्यान लिनुभन्दा म आफै मर्छु भन्ने मृत्युपत्र लेखेर आत्महत्या गरेको खबरले धेरैको मनमा पीडा भयो । बेलायतका उच्च नेतृत्व वर्ग लगायत संसारका थुप्रै नेता डाक्टरहरु यसको युुद्धमा हारिसकेका छन् । हुन त पहिले फैलिएको प्लेग पनि कम खतरा महामारी थिएन । तर त्यतिबेलाको चेतना र सञ्चारको कमीले त्यो निकै सीमित जस्तो देखियो । आज अघि कहिल्यै नभएको महायुद्धमा होमिएको विश्वमानवको एक मात्र साहारा विज्ञानले यस युद्धमा खुट्टा टेक्न सकिरहेको छैन ।
नयाँ विश्वसम्बन्ध उदयको सम्भावना
अहिले सङ्कटमा लडिरहेका बेला सबैले आआफ्ना क्षमता देखाएर उपाय गरिरहेका छन् । चीन–अमेरिका द्वन्द्व मानवीय सम्बन्धमा विकसित हुनुको सट्टा अझ प्रबल हुँदै गइरहेको छ । अहिले चीनले यस महामारीबाट मुक्ति पाउँदै अरू कमजोर देशलाई सहयोगी हात बढाइरहेको छ भने अमेरिका आफैँ युद्धमा क्रमशः कमजोर हुँदै गइरहेको छ । डढेलाको ज्वालाझैँ त्यहाँ सङ्क्रमण र मृत्यु बढिरहेको छ । ३० वटा जति राज्यमा स्टेहोम (घरमै बस्ने प्रकारान्तरले लकडाउन जस्तै) लागू गरिएको छ । दक्षिण एसियाली शक्तिशाली देश भारत २४ मार्चदेखि २१ दिने लकडाउनमा छ । यो अनुशासन लागू गर्न भारत सरकार कडा रूपमा उत्रिएको छ । कोरोनासँगको यो महासमर कहिले अन्त्य हुन्छ भनेर त्यसै क्षेत्रका विज्ञ, वैज्ञानिकहरु पनि भन्न सकिरहेका छैनन् । तर ढिलो चाँडो अन्त्य ता हुन्छ नै ।
यो महासमरको अन्त्य भएपछिको विश्व आजको जस्तो नरहने आस्था आउँछ । कोरोना अघि र कोरोना पछिको विश्व भनेर परिभाषित हुनेछ । मानव समुदायको नयाँ विश्व जन्मने र परिभाषित हुनेछ । दोस्रो विश्वयुद्ध पछि दुई ध्र्रुवीय विश्व बन्यो । शक्ति सङ्घर्ष बढ्दै जाँदा नेटो र वार्सा शक्ति केन्द्रहरु बने । शीतयुद्धले संसारलाई डरको खाडलमा हाल्यो । तेस्रो विश्वयुद्धको सम्भावना टरेन । आणविक हतियारको होडबाजीले ठूलो खतराको सङ्केत गरिरह्यो । यस सम्भावित ठूलो खतरालाई टार्न संयुक्त राष्ट्र सङ्घको जन्म भयो । यसका थुप्रै विषयगत अङ्गहरु अहिले क्रियाशील छन् । तर ती क्रमशः कमजोर देखिँदै गइरहेका छन् । राष्ट्रवादी शक्तिहरुको उदयपछि यिनलाई शक्तिराष्ट्रहरु हदैसम्म आफ्नो पक्षमा उपयोग गर्न लागिरहेका छन् । कोरोनासँगको महायुद्ध सुरु हुनुभन्दा केही अघि नै संसारमा राष्ट्रवादी शक्तिको शक्ति फिँजिएको थियो । अमेरिका, भारत, रुस, बेलायत, फ्रान्स, अस्ट्रेलिया जस्ता थुप्रै देशमा राष्ट्रवादी छवि लिएका शक्तिहरु सत्तामा आए । विशेष गरेर सोभियत सङ्घको विघटन र बर्लिनको पर्खाल भत्किएपछि यस प्रकारका शक्तिहरु विकसित भए । कम्युनिजमले निकोलाई चाउचेस्कु जन्माएको थियो । अहिले राष्ट्रवादले डोनाल्ड ट्रम्प जन्मायो । संयुक्त राज्य अमेरिका जस्तो महाशक्ति राष्ट्रका राष्ट्रपति आज विश्व राजनीतिक र कूटनीतिक रङ्गमञ्चका हास्यपात्र भएका छन् । कोरोनाको कहर आफ्नै देशमा बढिरहँदा उनले लिएको नीति र बोलेका कुराहरु हास्यास्पद र मजाक जस्ता भए । जसले गर्दा महाशक्तिशाली देशले सबभन्दा बढी क्षति बेहोरिरहनु परेको छ ।
कोरोना पछिको विश्व आर्थिक गतिविधि कोरोना अघिको भन्दा निकै फरक हुनेछ । १९३० र १९०८ को भन्दा ठूलो आर्थिक मन्दी आउनेछ । नेपाल जस्ता गरिब देशहरु तङ्ग्रिन निकै कठिन पर्नेछ । अन्तर्राष्ट्रिय सहायता घट्नेछ । दातृ संस्था र राष्ट्रहरु आफैँ आर्थिक मन्दीको चपेटामा पर्नाले तिनीहरुबाट आउने ऋण पनि घट्नेछ । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स पनि धेरै घट्नेछ ।
कोरोना पछिको विश्व आर्थिक गतिविधि कोरोना अघिको भन्दा निकै फरक हुनेछ । १९३० र १९०८ को भन्दा ठूलो आर्थिक मन्दी आउनेछ । नेपाल जस्ता गरिब देशहरु तङ्ग्रिन निकै कठिन पर्नेछ । अन्तर्राष्ट्रिय सहायता घट्नेछ । दातृ संस्था र राष्ट्रहरु आफैँ आर्थिक मन्दीको चपेटामा पर्नाले तिनीहरुबाट आउने ऋण पनि घट्नेछ । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स पनि धेरै घट्नेछ । आन्तरिक स्रोत स्वतः कमजोर हुनेछ । जनताको क्रयशक्ति घट्नेछ । गरिबी अझ बढ्नेछ । आन्तरिक खर्च अझ बढ्ने छ । त्यसैले बेलैमा योजना बनाएर अघि बढ्न नसके हाम्रो जस्ता गरिब देशहरु आर्र्थिक मन्दीको कहाली लाग्दो समस्यामा फस्ने अवस्था आउने छ । धनी र औद्योगिक राष्ट्रहरु अलिक छिटै आर्थिक मन्दीबाट मुक्ति पाउने छन् । अमेरिका अहिले जस्तो प्रथम अर्थशक्ति भएको मुलुक नरहन पनि सक्छ । ऊसँग प्रतिस्पर्धा गरिरहेको चीन यसबाट छिटै मुक्ति पाउने अवस्थामा पुगेकाले र प्राचीनकालदेखि ब्यापारी चिनियाँहरु ब्यापार गर्न खप्पिस भएकाले मौकाको फाइदा लिँदै चीन प्रथम आर्थिक राष्ट्र बन्ने सम्भावना बलियो भएर आएको छ ।
यी यावत कारण, परिस्थिति र परिवेशले अबको विश्वको परिचय आज जस्तो अवश्य रहने छैन । नयाँ विश्वको परिचय यस प्रकार परिभाषित हुनेछ ः
१. कोरोनापूर्वको विश्व
२. कोरोना कहरमा लडिरहेको विश्व
३. कोरोना पछिको विश्व ।
नेपाल
यो लेख तयार पारुन्जेल नेपालमा कोरोनाको सङ्क्रमण ६ जनामा मात्र देखिएको सरकारी तथ्याङ्कले आशाका किरणहरु त छरेकै छ । खाडी मुलुकहरु, मलेसिया र भारतमा रोजगारीका लागि गएका थुप्रै नेपालीहरु फर्किएर गाउँगाउँ घरघर पुगेका छन् । तिनीहरुको यकिन तथ्याङ्क छैन । सम्पर्कमा आउन र सेल्फ क्वारेन्टाइनमा बस्न भनेर सरकारले आग्रह गरिरहेको छ । पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी खोजीमा लागेका छन् । तिनीहरुमा कोरोना आएको छ भन्ने सन्त्रास छ । सेल्फ क्वारेन्टाइन राम्ररी व्यवस्थापन हुन सक्छ सक्तैन भन्ने कुरा पनि शङ्काको घेरामै छ । यसै वित्यो भने त राम्रै हो । तर स्वास्थ्य व्यवस्था यति कमजोर भएको हाम्रो मुलुकमा सङ्क्रमण फैलिहाल्यो भने त्यसको सामना कसरी गर्ने भनेर तयारी बेलैमा राम्ररी हुन सकेको देखिँदैन ।
ऐन मौकामा स्वास्थ्य मन्त्रालय उच्च क्षमताका साथ उत्रिनुपथ्र्यो त्यो हुन सकेन । चिकित्सक र नर्सहरु नै असुरक्षित छौँ भनिरहेका छन् । यस्तो अवस्थामा सङ्क्रामक सरुवा रोगको उपचार कसरी होला भन्ने भय बढ्नु स्वाभाविकै हो । सरकारको क्षमता जनताले बुझेका हुन्छन् । यो सङ्कटको घडीमा उच्च क्षमतासाथ जनताको मनोबल बढ्ने गरी काम गरेर सफलतामा उत्रिने अवसर हो सरकारको । यसरी चुकेर धर पाइने अवस्था होइन ।
सरकारले भर्खरै नेपाली कम्पनी ओबीसीआईमार्फत हतारमा मगाएका आपतकालीन सामग्री धेरै मूल्यमा मगाइयो र गुणस्तरहीन मगाइयो भनेर विरोध बढेपछि स्वास्थ्य मन्त्रालयले त्यो कम्पनीसँगको सम्झौता तोडेर अर्को प्रक्रिया त अघि बढायो तर यसले यो महासङ्कटको घडीमा सरकारको क्षमता र विश्वसनीयतामा जनमानसमा शङ्का उत्पन्न भयो । ऐन मौकामा स्वास्थ्य मन्त्रालय उच्च क्षमताका साथ उत्रिनुपथ्र्यो त्यो हुन सकेन । चिकित्सक र नर्सहरु नै असुरक्षित छौँ भनिरहेका छन् । यस्तो अवस्थामा सङ्क्रामक सरुवा रोगको उपचार कसरी होला भन्ने भय बढ्नु स्वाभाविकै हो । सरकारको क्षमता जनताले बुझेका हुन्छन् । यो सङ्कटको घडीमा उच्च क्षमतासाथ जनताको मनोबल बढ्ने गरी काम गरेर सफलतामा उत्रिने अवसर हो सरकारको । यसरी चुकेर धर पाइने अवस्था होइन । कोरोना सङ्क्रमण फेला पर्ने चीन, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम पछि पाँचौँ मुलुक हो नेपाल । २५ जनवरीमै चीनको उहानबाट नेपाल आएका एक विद्यार्थीमा सङ्क्रमण फेला परेको थियो । डब्लूएचओले पनि जोखिम भएकाले सजगता अपनाउन सचेत गराएकै थियो । तर लकडाउनको स्थिति नआएसम्म सरकार यसतर्फ सक्रिय भएन । जे होस् अहिले भने सक्रिय भएको देखिएको छ । अब खुट्टा चिप्लिन नदिईकन जनसुरक्षाका काममा अहोरात्र लाग्नुपर्ने हुन्छ ।
अन्त्यमा
कोरोना तीव्र रूपमा सङ्क्रमण फैलाउने भाइरस रहेछ । यसको सङ्क्रमण गुणात्मक वृद्धि हुँदै गएको तथ्याङ्कहरुले देखाएका छन् । चीनमा सुरु भएर वृद्धि हुने क्रममा पहिलो १ लाख पुग्न ६७ दिन लागेको थियो भने दोस्रो १ लाख थपिन ११ दिन मात्र लाग्यो अनि तेस्रो १ लाख थपिन ४ दिन लाग्यो । यसरी फैलिँदै जाने क्रममा अहिले दस लाख नाघिसकेको अवस्था छ । सङ्क्रमण तीव्र रूपमा बढ्दो छ । औषधि पत्ता लागि नसकेको यस भाइरसबाट बच्न घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र रोग प्रतिरोधक शक्ति बढाउने खानेकुरा खाने सल्लाह विज्ञहरुले दिइरहेका छन् । जे होस् यस्तो अवस्थामा प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्यमा ख्याल राख्नुपर्ने हुन्छ । मान्छेका स्वास्थ्य खास गरेर चार प्रकारका छन् । ती सबै प्रकारका स्वास्थ्यमा समुचित ध्यान दिई आफू, परिवार र समाजलाई बचाउनु आज प्रत्येक व्यक्तिको जिम्मेवारी भएको छ । ख्याल गर्नैपर्ने चार किसिमका स्वास्थ्य यस प्रकार छन् :
१. शारीरिक स्वास्थ्य :यो प्रायः चर्चा भइरहेको स्वास्थ्य हो । व्यक्तिको शरीर तन्दुरुस्त राख्न आवश्यक खानपान, आहारविहार आदिमा ध्यान पु¥याउनु पर्दछ ।
२. मानसिक स्वास्थ्य :चारैतिर कोरोनाको सन्त्रासमय हल्ला फिँजिएको छ । सामाजिक सञ्जालले अनेकथरिका समाचार दिइरहेका छन् । रेडियो, टिभी, पत्रपत्रिका सबैसबै यसैमा लागेका छन् । जताततै डरत्रासकै कुराकानी छन् । मान्छेको दैनिकी बिग्रिएको छ । घरबाहिर निस्कन नपाउँदा तनाव र उकुसमुकुस भएको छ । कतिका त परिवार पनि यो भयावह अवस्थामा देशविदेश वा देशकै पनि विभिन्न ठाउँमा छन् । लकडाउनले भेला हुने अवस्था छैन । भेट हुन्छ कि हुँदैन भनेर पीडा भएको छ । यस्तो अवस्थामा बढी भय, त्रास, एकाङ्कीपन भएर मानसिक समस्या आउन सक्छ । खुसी, हाँसो र राम्रो परिकल्पना, पुस्तक पढ्नु र लेख्नु, ध्यान, योग आदि मानसिक स्वास्थ्य राम्रो राख्ने उपायहरु हुन् । घरपरिवारमा रमाएर, पढेर लेखेर, घर, खेतबारीको काम गरेर आफ्नो मानसिक स्वास्थ्य राम्रो राख्न र परिवार खुसी राख्ने वातावरण बनाउनु पर्दछ ।
३. सामाजिक स्वास्थ्य :यो अलिक व्यापक छ । मानिस सामाजिक प्राणी हो । ऊ एक्लै रहन सक्तैन । हरेक व्यक्तिले समाजमा आफ्नो एक सुरक्षित स्थान बनाएको हुन्छ । त्यसैको ओतमा ऊ रमाएको हुन्छ । समाजले पनि त्यसै अनुुसार उसलाई स्थान दिएको हुन्छ । एकान्त बासमा सामाजिक सम्पर्कमा जाने अवसर हँुदैन । यस्तो अवस्थामा सञ्चारका साधन आदि प्रयोग गरेर सकेसम्म सामाजिक सन्तुष्टि लिनु आवश्यक हुन्छ । सन्तुष्टि नै सामाजिक स्वास्थ्य हो । परिवारको रमाइलो वातावरणबाट पनि सामाजिक सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।
४. आध्यात्मिक स्वास्थ्य :हरेक समाज, जातजाति, सम्प्रदाय, परिवारको आ–आफ्नो अध्यात्म हुन्छ । यो नै निजत्व हो । यसमा धर्म, संस्कृति, परम्परा, मूल्य मान्यताहरु पर्दछन् । यिनीहरुबाटै संस्कारको निर्माण हुन्छ । मानिसमा आफ्नो परम्पराप्रति अत्यन्त गर्व हुन्छ । त्यसैले परम्परागत मूल्य मान्यताबाट जति सन्तुष्टि मिल्छ त्यति अरू केहीबाट पनि मिल्दैन । यस्तो अवस्थामा पुर्खादेखि चलिआएका र आफूलाई मनपर्ने, खुसी लाग्ने परम्पराहरुलाई प्रयोगमा ल्याएर तिनबाट सन्तुष्टि लिन सकिन्छ । यस किसिमको सन्तुष्टि नै आध्यात्मिक स्वास्थ्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड