राष्ट्रसंघद्वारा कोरोना महामारीविरुद्ध लड्न विश्वव्यापी युद्धविरामको आह्वान
शनिबार, २२ चैत २०७६, ०० : ३२
एजेन्सी । संयुक्त राष्ट्रसंघले कोराना महामारी विरुद्धको लडाई लड्न विश्वव्यापी युद्धविराममको आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरसविरुद्धको लडाई लड्न विश्वव्यापी युद्धविरामको आह्वान गरेका हुन् । महासचिव गुटेरेसले विश्वका युद्धग्रस्त देशहरुलाई सम्बोधन गर्दै कोरोना महामारीका विरुद्ध लड्नका लागि तत्काल हतियार विसाउन आग्रह गरे ।
महासचिव गुटेरेसले शुक्रबार लिविया,सिरिया,यमन लगायतका देशहरुप्रति संकेत गर्दै उनले भने, ‘अझै सबैभन्दा खराब स्थिति आउँन बाँकी छ, कोभिड–१९ आँधीबेहरी अहिले यी सबै थिएटरहरुमा आउँदैछ ।’ अहिले विश्वभर कोरोना महामारीका कारण ज्यान गुमाउनेका संख्या ५८ हजार १ सय ३६ पुगेको छ भने संक्रमितहरुको संख्या १० लाख नाघेको छ । Photo:.aljazeera
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
कहिलेदेखि जित्न थाल्छ बैंगलुरु ?
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?