अदालतको अत्यावश्यक सेवा चैत २८ सम्म सञ्चालन हुने
शुक्रबार, २१ चैत २०७६, २२ : ००
सर्वोच्च अदालतलगायत सम्पूर्ण अदालतले यही चैत २८ गतेसम्म अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् ।
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि अतिआवश्यक सेवा मात्र सञ्चालन गरिरहेकोमा त्यसलाई यही चैत २८ गतेसम्म निरन्तरता दिने निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।
अदालतको यसअघिको पूर्ण बैठकले आजसम्मका लागि अतिअवाश्यक सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको थियो ।
सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरुले १५ दिनको तलब उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
बैठकले मातहतका अदालत तथा न्यायाधीकरणका न्यायाधीशलाई कोषमा सहयोगस्वरुप रकम उपलब्ध गराउने बारेमा लेखी पढाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने